कनकाई अनलाईन
झापामा ट्रान्सपोर्टको गाडी प्रयोग गरेर नक्कली कपालको तस्कारी हुने गरेको पाइएको छ ।
सशस्त्र प्रहरी वल बैगुनधुराको टोलीले झापा गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट बुधवार राती करिव १० बजेको समयमा ग्वालडुबाबाट काठमाण्डौतर्फ जादै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकबाट बिलविजक नभएको ३३ पोका ९९० केजी नक्कली कपाल र अन्य विलविजक भएका समेत काठका सामान, कपि र कपडाहरु प्रहरीले वरामद गरेको छ ।
उक्त विल विजक नभएको नक्कली कपालको मुल्य ३९ लाख रुपैँया पर्ने समेत शसस्त्र प्रहरी वलका २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले बताउँनुभयो ।
उक्त सामान निलकण्ठ ढुवानी सेवाको ट्रान्सपोर्टको भएको र उक्त वरामद सामान र गाडीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको भण्डारीले बताउँनुभयो । बिर्तामोडबाट काठमाण्डौका लागि हिडेको उक्त गाडी पुन बाटोमा नक्कली कपाल लोड गरेर राती काठमाण्डौ तर्फ जान लाग्दा विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।