कनकाई अनलाईन
कनकाई नगरपालिका ३ कनकाई टोलमा एम्बुुलेन्सको ठक्करबाट स्कुटीमा सवार झापा गाउँपालिका ६ निवासी २२ बर्षिय राजेश कार्कीको मृत्युुभएको छ ।
गत साउन ४ गते बुुधवारका दिन कनकाई ३ कनकाई टोलमा दक्षिणबाट उत्तरबाट जादै गरेको प्र१—१—०१—२१४८ नम्बरको स्कुटीलाई पश्चिमबाट पुुर्वतर्फ जादै गरेको मे १ च १६५४ नम्बरको एम्बुुलेन्सले ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट स्कुटीमा सवार कार्की दम्पत्ती सामान्य घाइते बनेका थिए । घाईते मध्ये श्रीमतीचाहि भोलीपल्टै डिस्चार्ज भएको तर उपचारका क्रममा भर्खरै मात्र विवाह बन्धनमा बाधिएका राजेश कार्कीको उपचारका क्रममा दुर्घटनाको १२ दिनपछि उपचारका क्रममा बिर्तासिटी अस्पतालमा आज विहान ६ बजे निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । हाल एम्बुुलेन्स चालक र एम्बुुलेन्सलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने स्कुटीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गमा राखिएको छ । कनकाई नगरपालिका ३ र ४ जोडने उक्त पंञ्चायत मार्ग यहि असार मसान्तमा मात्रै निर्माण सम्पन्न भएको हो । कनकाई टोल र पंञ्चायात मार्ग जोडने उक्त सडकमा दुबै तर्फ रोड रहेकोले बढी दुर्घटना वढने भन्दै यसस्थानमा उचित सडक चिन्ह लगायात राख्न स्थानीयको माग रहेको छ । यसरी सडक निर्माण सम्पन्नको २ साता नवित्दै घर आगनमै मानिसको दुर्घटनामा परि मृत्यु हुुनथालेपछि विकास सगै विनास भन्दै स्थानीय चिन्तित बनेका छन ।