कनकाई अनलाईन
झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको प्रहरीले जनाएको छ ।
झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुुसार दुई जनाको गोजीमा मोवाइल फेला परेको र बाकी एक जनाको मोवाइल भने फेला नपरेको प्रहरी प्रवक्ता थापाले बताउँनुुभयो । फेला परेका दुबै मोवाइलमा ‘प्याट्रोन लक’ रहेको र मोवाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाइको पाठकले बताउँनुुभयो ।
तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाई छ । प्रहरी प्रवक्ताले घटना धेरै शंकास्पद नभएपनि अनौठो घटना भएकाले सुक्ष्म ढंगबाट प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाउनुभएको छ ।
हाल शवको पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा आइतवार विहान फेला परेका थिए । उनीहरु सोही चिया बगाममा मजदुरी गर्दै आएका हुन । स्थानीयवाशी समेत रहेका उनीहरु तीनैजना मिलनसार साथी समेत हुन ।
मृत अवस्थामा फेला पर्नेहरुमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् । शनिवार दिउसो १२ बजे एकसाथ घरबाट हिडेका उनीहरु कतै आफन्तकोमा बसको हुुनसक्ने भन्दै परिवारले खोजी नगरेको बताएका छन । उनीहरुको आफन्तको समेत घर नजिक्कै रहेको छ ।