कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित सिंहदेवि आधारभुुत विद्यालयको बैँक खाता रोक्का भएको छ ।
उक्त विद्यालयको राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत २ कोठे भवन निर्माणका लागि आएको १८ लाख रुपैँया रकम विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर निकासा गरेको भनी कनकाई अनलाईन, गोरखापत्र दैनिक र गोरखापत्र अनलाईनमा समाचार प्रकाशन भएपछि कनकाई नगरपालिकाको शिक्षा साखाले चासो देखाएको थियो ।
भवन निर्माणको रकम निकासा गरिसकेको भएपनि भवन नक्सा डिजाइन अनुुसार नपाइएको कनकाई नगरपालिका शिक्षा साखाका प्रमुुख पिताम्बर गौतमले बताउँनुभयो । हामीले भवनको बिजोग देखेपछि सर्वप्रथम बैँक खाता रोक्का गरेका छौ १८ लाख रुपैँया पठाइएकोमा २ लाख निकालिसकेको रहेछ बचेको १६ लाख रुपैँया हामीले विद्यालयको रकम रोक्कागर्न सफल भएका छौ कनकाई नगरपालिका शिक्षा साखाका अधिकृत हरि मिश्रले भन्नुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रअनुसार रकम निकासा गरिएको भएपनि भवन पुन नभत्काई नहुने अवस्थामा रहेको पाइएकोले यसको छानविन समेत हुुने शिक्षा प्रमुख गौतमले बताउँनुुभयो । विद्यालयले नयाँ नाप नक्सा अनुसार भवन बनाउनु पर्नेमा त्यसो नगरेको पाइएपछि स्थानीयले विरोध गरेका थिए भने गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । बनिसकेको उक्त भवनलाई पुन भत्काएर बनाउन निर्देशन दिइएको शिक्षा साखाले जनाएको छ ।