Kanakai Online

सुुकेडाँगी ग्यास प्लान्टमा लागेको ताला आजबाट खुुल्यो


बिहिवार, साउन ५, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा अवस्थित कनकाई बिर्ता अर्जुन नविकरणीउ उर्जा तथा फोहोर मैला व्यावस्थापन कम्पनीमा स्थानीयले लगाइदिएको ताला आज विहानबाट खुलेको छ ।
आज कनकाई नगरपालिकाका प्रमुुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष प्रताप राई बलराम लगायातको रोहवरमा नविकरणीय उर्जा र स्थानीयबिचको छलफल र सहमतिपछि गाउँलेले लगाएको ताला खोलेका हुन ।

उर्जा कम्पनीले आफ्नो निर्माणको काम नसकि फोहोर संकलन थालेको भन्दै स्थानीयले कम्पनीमा ताला लगाइदिएका थिए । पछि सर्वपक्षिय छलफल वसी काम नसकिकन फोहोर कम्पनीमा नल्याउने र हालसम्म उर्जामा थुपारेको फोहोरलाई अन्यत्र व्यावस्थापन थर्ने र उर्जा कम्पनी पुुर्णरुपमा संचालनमा आएपछि मात्रै नगनाउने मात्रै फोहोर उर्जामा ल्याउने सहमतिपछि ताला खोलिएको स्थानीय सक्षम युवा क्लवका अध्यक्ष कपिल विश्वकर्माले कनकाई अनलाईनलाई बताउँनुभयो । छलफलमा उर्जाका अध्यक्ष मिनाल तिम्सिना, प्रबन्ध निर्देशक दिपक चापागाई, कनकाई नगरपालिकाका प्रमुुख राजेन्द्रकुमार पोखरेल, कनकाई २ का वडाअध्यक्ष प्रताप राई लगायातको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर