कनकाई अनलाईन
फोहोरलाई मोहर बनाउने अभियानका साथ तत्कालिन अर्थमन्त्री डाक्टर युवराज खतिवडा वाहुलीबाट निर्माण सुरु गरेको कनकाई नगरपालिकास्थित कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यावस्थापन समिति कनकाई केन्द्रमा स्थानीयले आज ताला लगाइदिएका छन ।
निर्माण सम्पन्न नभई स्थानीयको अवरोधपछि उक्त उर्जा कम्पनीको काम गराईमै प्रश्न उठेको छ । काम सुुरु नभई फोहोर संकलन थालेको भन्दै आक्रोसित स्थानीयले ताला लगाएका हुुन । यसको दिर्घकालिन निकासका लागि भोली बिहिवार विहान ८ बजे सर्वपक्षिय छलफलको आयोजना गरिएको बताइएको छ ।