Kanakai Online

वीपी चौकमा प्रहरी बिट


बुधवार, साउन ४, २०७९ |

कनकाई अनलाईन

शान्ति सुरक्षालाई मध्यनजर राखेर भद्रपुर १० स्थित वीपी चौकमा प्रहरी बिट स्थापना गरिएको छ ।

भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नव निर्मित प्रहरी बिटको उद्घाटन गरिएको हो ।

बिट निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अर्थमन्त्रालयका सहसचिव सुमन दाहाललाई सम्मान गरिएको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, विभूति विद्या मन्दिर चन्द्रगढीका संस्थापक प्रिन्सिपल गोविन्द लम्साल, दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रिमाल लगायतले शुभकामना मन्तव्य राख्दै बढ्दो दुर्घटना नियन्त्रण तथा चोरीका घटना रोगथामका लागि प्रहरी बिट महत्वपूर्ण हुने धारणा राखेका थिए ।

सम्बन्धित खबर