कनकाई अनलाईन
कनकाई नगरपालिकाबाट कोरिया कामदार पठाउने काम पुुर्णरुपमा असफल भएको छ । छोटो समयमा राम्रो आम्दामी हुुने र काम पनि सिकिने भन्दै कनकाई नगरपालिकाले यस क्षेत्रका ५ सय भन्दा वढी नगरवाशी युुवालाई कोरिया पठाउने तयारी स्वरुप सुुरुमा १६ जनालाई कोरिया पठाएको थियो । तर १६ जनामध्ये एक जना मात्रै युुवा कनकाई फर्र्किएका छन ।
सुरुंगा फर्किएका कनकाई नगरपालिका ३ का देवेन्द्र घिमिरेले आफुसगै कोरिया गएका सबै जना भागेको जानकारी दिए । एक जना कनकाईका युुवा भने मेडिकल अनफिट भएर सुरुमै फर्किएका थिए । कोरिया काम सिक्नका लागि भनेर लगिएको भएपनि कोरियामा समुुद्रको लेउ सोर्न लगाइएको र ६ महिना काम गर्दा लगानीको रकमको साँबा ब्याज पनि तिर्न नपुगेपछि सबै जना भाग्नुु परेको एक कोरिया गएका युवाले बताए ।
हाल कनकाई नगरपालिकाबाट गएका १६ जनामध्ये २ जनामात्रै दुर्गम स्थानमा भागेर काम गरिरहेको कोरिया गएकाहरुको भनाई छ । बाकी सबै २ जनावाहेक पक्राउ परिसकेका छन । पक्राउ परेका मध्ये केहि जेलमा छन भने केहि जेलबाट छुुटेर घर आइपुुगेका छन । सुुरुमा काम सिक्ने र दाम पनि कमाईहुुने भनेर सस्तो प्रचारबाजी गरिएपनि कनकाई नगरपालिकामा भने पहिलो गाँसमै ढुङ्गा लागेको छ । कनकाई नगरपालिकाबाट भंगिनी सम्बन्ध गासेर पठाइएका १६ युुवाले नाम र दाम होइन समग्र कनकाई नगरपालिकाको वदनाम कमाएका छन ।
सुरुमै मोटो रकम तिरेर कोरिया जानुको मुख्य योजना भाग्नु मात्रै रहेको कोरिया जानेहरुले बताउँदै आएका छन ।
कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेपछि कनकाईका युवाको कोरिया यात्रा टुगिएको हो ।
मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए ।
कोरियामा नयाँ सरकार फेरिएसँगै मन्त्रालयले विनाभिसा बसिरहेका विदेशीलाई पक्राउ गर्न सुरु गरेको र पछिल्लो महिना त्यसलाई थप तीव्र पारेको हो ।
पाँच महिनाका लागि रोजगारदातासँग श्रम सम्झौता भए पनि सम्झौताको चौँथो महिना मार्चमा कनकाईका सबै भागेका थिए । कनकाईबाट कोरिया जादा नै भाग्ने तयारीका साथ आफुुहरु कोरिया प्रवेश गरेको उनीहरुले बताएका छन । तर कनकाईको हकमा भने कोरिया काण्ड बदनामी शिवाय केहि हुन नपाएको जानकारहरु बताउँछन ।
मौसमी कामदारसँग पनि चर्को रकम असुलेर कोरिया ल्याइँदा श्रमिक ठगिने गरेको र उनीहरू भागेर लुकेर काम गर्नुपर्ने बाध्यता रहेको छ ।
जुन महिनाको अन्त्य सम्ममा २ सय ४५ पुरुष र ३५ जना महिलागरी २ सय ८० जना नेपाली श्रमिक मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेको यहाँको अध्यागमन कार्यालयको तथ्याङ्क छ जसमा कनकाईबाट १६ जना कोरिया प्रवेश गरेका हुुन ।