कनकाई अनलाईन
नेपाल भारत सिमा चेक चेक प्वाइन्टस्थित मेचीनगरस्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले अबैध भारतीय नोट सहित ५ भारतीय नागरिकलाई शनिवार पक्राउ गरेको छ ।
मेचीनगर–८ धुुलावारीमा सञ्चालित पाच तारे होटल मेची क्राउन (एचएमसी) को गाडीमा नेपालतर्फ आइरहेका भारतीय ५ नागरिकलाई भारतीय नगद ५ लाख २१ हजार सहित सशस्त्र प्रहरी सिमा सुुरक्षा बलले पक्राउ गरेको हो सशस्त्र प्रहरीले शनिवार दिउँसो ४ बजे पूर्व–पश्चिम राजमार्ग अन्तरगत जोरसिमल चेक प्वाइन्टमा चेकजाँचका क्रममा सशस्त्रले दुई हजार र पाँच सय दरका प्रतिबन्धित नोटसहित भारत असाम तिनसुकियाका आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र भारत खोरीवारि बस्ने सवारी चालक अभिजीत सिंह नगद सहित पक्राउ गरेको सशस्त्र प्रहरी झापाका डिएसपी प्रेम भण्डारीले बताउनुुभयो । पाँचतारे होटेल मेची क्राउनले रिजर्भ गरेको टोयटा कम्पनीको डब्लु बि ७४ बि एच १६४३ नम्बरको कारमा लुकाइछिपाई राखिएको अवस्थामा सो रकम प्रहरीले फेला पारेको हो ।
बरामद गरिएको नगद, सवारी र पक्राउ गरिएका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित २ हजार दरका एक सय एक र पाँच सय दरका ६ सय अठतिस थान भारतीय रुपँया बरामद गरिएको छ । क्यासिनो समेत संचालनमा रहेको उक्त तारे होटलमा क्यासिनो कारोवारकै क्रममा भारतीय नगद नेपाल भित्रिएको हुुनसक्ने प्रहरीको अनुुमान छ ।