Kanakai Online

ठेकेदार र सडक विभागको मिलोमतोमा लक्ष्मी मार्ग सडक कालोपत्रे रोकियो सांसद साँवा


बिहिवार, असार ३०, २०७९ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ को लक्ष्मीपाण्डे सालिक देखि गौतम चौक सम्मको सडक कालोपत्रे गर्ने काम ठेकेदार कम्पनी सुुनकोशी एभरग्रीन कम्पनी प्रालि र सडक विभाग दमकको मिलोमतोमा सडक पिच हुुन नसकेको यस क्षेत्रका सांसद एलपी साँबा लिम्बुुले बताउँनुभएको छ ।


असार मसान्त सम्ममा पिच सक्नुुपर्नेमा असार ३० गतेसम्ममा पनि सडकमा ढाँट राख्ने मात्रै काम भएको छ । यो सब काम नर्गने र यस क्षेत्रका सांसदले काम गरेनन भन्नका लागि सबै जालसाजीस गरेको हो सांसद साँबाले कनकाई अनलाईनसग भन्नुुभयो । यो सबै जनप्रतिनिधिलाई फटाह हुुन भन्नका लागि रचिएको षडयान्त्र हो सांसद साँबाले भन्नुभयो ।

लक्ष्मीमार्ग उक्त बाटो पुुर्व प्रदेशका कृषिमन्त्री समेत भइसकेका प्रदेश सांसद हिराकुुमार थापाको घर अगाडिको समेत बाटो भएकोले सांसदले आफ्नै घरअगाडिकै बाटो बनाउन सकेन अन्यत्र के विकास गर्ला भन्ने नारा लगाउनका लागि समेत बाटो निर्माणमा ढिलाई गरिएको भन्दै उक्त बाटो नबनाउने ठेकेदार कम्पनी र सडक विभाग दुुवैपक्ष बाटो नबन्नेमा दोषी भएको समेत सांसद साँबाले बताउँनुुभयो । उक्त सडक बिर्तामोडको सुुनकोशी एभरग्रिन कम्पनीले २१ सय मिटर बाटो कालोपत्रेका लागि १ करोड ५५ लाखमा ठेक्का लिएका हुुन ।

यस कम्पनीका ठेकेदार भरत भट्टराईले केहिदिन पहिले कनकाई अनलाईन सगको सम्पर्कमा आफुुले जसरीपनि असार २९ गतेसम्ममा सडक पिच गरिसक्ने बताएका थिए तर यो समाचार तयार पार्दासम्म सडकमा पिचमा धुुलो सफा गर्ने र सडकमा ढाट राख्ने वाहेक वाकी काम भने भएको छैन । यता सडक विभाग दमकले समेत ठेकेदारले काम गर्न ढिलाई गरेको भन्दै २० प्रतिशत रकम रोकिराखेको जनाएको छ ।

आफुले सांसदमा ठुलो लडाई गरेर ल्याएको बजेट फ्रिज हुने देखिएपछि यस क्षेत्रको विकासमा ठुलो नोक्सानी भएको सांसद साँबाले बताउँनुभएको छ । जनतालाई बजेट फ्रिज बनाउने ठेकेदार र सम्बन्धित निकायमाथि निगरानी राख्न र यसको भण्डाफोर गर्न सांसद साँबाले अनुरोध गर्नुभएको छ ।

यसैविच सडक विभाग र ठेकेदार कम्पनीको मिलोमतोमा काम गर्न ढिलाई गरेको भन्दै यस क्षेत्रका स्थानीयले आज लक्ष्मीमार्गमा विरोध प्रदर्शन गरेका छन । वार्डअध्यक्ष रोषन सुुवेदी, पुर्ववार्ड अध्यक्ष गोविन्द पौडयाल,कनकाई ३ का वडासदस्य गोविन्द सुुवेदी, नेकपा एमालेका कनकाई नगर इन्चार्ज रविन्द्र लम्साल, सचिव विनोद राना, सहसचिव दिपक चापागाई, ए,लपी साँबाका स्वकिय सचिव विशाल खनाल, स्थानीय समाजसेवी ओम पाठक लगायातको टोलीले ठेकेदार कम्पनीको गल्तीले यस क्षेत्रको बजेट फ्रिज भएमा सो ठेकेदार कम्पनीलाई यस क्षेत्रको कुुनैपनि काम गर्न नदिने बताृउँनुुभयो । कनकाई नगरपालिकाले खुुलाएको अर्को ठेक्का समेत उक्त कम्पनीले पारिसकेको भन्दै उक्त ठेक्काबाट कम्पनीलाई हटाउन समेत नगरपालिकासग आग्रह गरेको छ ।

सम्बन्धित खबर