Kanakai Online

भानुजयन्तीमा मेचीनगरमा ५ स्रष्टा सम्मानित


बुधवार, असार २९, २०७९ |

कनकाई अनलाईन
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईले क्रातिचेत भर्न र विद्रोहको विगुल फुुक्न साहित्यकारको प्रमुख भुुमिका रहने बताउनुुभएको छ ।
बुुधवार झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित २०९ औ भानुु जयन्ती कार्यक्रममा बोल्दै मुुख्यमन्त्री राईले नेता हुुन धेरै सजिलो हुने तर साहित्यकार हुुन निक्कै कठिन हुुने भन्दै लेखक कलाकारहरुको देश निर्माण र क्रान्ति आन्दोलनमा ठुुलो भुमिका र योगदान रहने बताउँनुुभयो ।
सो अवशरमा आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा साहित्यमा ठुुलो योगदान रहेको समेत बताउँनुभयो । साहित्यकारहरुको देशका जनताले ठुुलो सम्मान गर्ने भन्दै राईले बरु नेतालाई जनताले चाडै भुुल्ने भन्दै कविलाई जनताले कहिल्यै नभुुल्ने नविर्सने बताउँनुुभयो ।


सो अवशरमा साहित्यकार यज्ञराज प्रसाईको जीवनको अन्तराल निबन्ध संग्रह र भानुक्त कुभिण्डेलीको सच्चा सारथि महाकाब्यको समेत मुुख्यमन्त्री राईले लोकार्पण गर्नुुभएको छ ।
जीवनको अन्तराल कृतिको टिप्पणी प्राध्यापक पुण्यप्रसाद खरेल, कुभिण्डेलीको पुस्तकको साहित्यकार हरिनारायण ढकालले गर्नुुभयो ।
सोही कार्यक्रममा ५ जना साहित्यकार र पत्रकारलाई सम्मानित समेत गरिएको थियो । सम्मानित हुनेहरुमा बरिष्ठ साहित्याकार एवम् पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रित, साहित्यकारहरु मातृकाप्रसाद संग्रौला, भानुभक्त कुभिण्डेली, क्या.गोपिलाल लिम्बु र पत्रकार जिएन शर्मालाई सम्मान गरिएको छ ।
साहित्यकार प्रश्रितलाई एक लाख १ हजार र अन्य साहित्यकार तथा पत्रकारलाई २१ हजार नगदसहित मुुख्यमन्त्री राईले सम्मान गर्नुुभयो ।
साहित्यकार केन्द्रप्रसाद भट्टराईले भानुभक्तको चिठ्ठी बाचन गर्नुभएको थियो भने राजन चिमरिया, कृष्णप्रसाद उप्रेती लगायातले भानुभक्तसग सम्बन्धित कविता लगायात मारुणी, साकेला, नौमति बाजा र नृत्यहरु प्रस्तुत गरिएको थियो । कवि गोष्ठीका विजेताहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रज्ञा सभा सदस्य शुभद्रा भट्टराई लगायातले भानुुभक्तले नेपाली भाषा साहित्यमा पुुर्याएको योगदानको चर्चा गर्नुुभयो ।

सम्बन्धित खबर