कनकाई अनलाईन
झापा विद्रोहका योद्धा ७५ बर्षिय मानकुुमार तामाङको घर लेखक पत्रकारहरुको नेतृत्वमा निर्माण गरिएको छ ।
अर्जुनधारा नगरपालिका १ मा आफ्नो जीर्ण घरमा बस्दै आउनुुभएका तामाङ दम्पत्तीलाई पत्रकार कुमार भट्टराई, तीर्थ सिग्देल लगायत पत्रकारहरुको अगुवाईमा निर्माण गरि बुधवार दाता समुुहले घर हस्तानतरण गरेको हो ।
लामो समय राजनैतिक लडाईमा हिडेका तामाङ हाल जीर्ण घरमा ६८ बर्षिय श्रीमती फुुलमाया सग बस्दै आउनुुभएको थियो । तत्कालिन झापा विद्रोहका वेला पुुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसगै आन्दोलनमा लागेर पक्राउ परेर १७ बर्षसम्म जेलमा परेका तामाङले आफ्नो कमाउने वेलामा किसान मुुक्तिका लागि लागेकोले आफुुले सम्पत्ति जोडन नपाएको बताउँनुुभयो ।
बुुडेसकालमा सरकार र छोराहरुले पनि हेरेनन तर पत्रकार साथीहरुको टीमले सहयोग गरेर नयाँ घरमा बस्न पाइयो तामाङले गृह प्रवेशको अवशरमा भन्नुुभयो । राजनैतिक योद्धा तामाङको घर निर्माणका लागि गत कार्तिक महिनादेखि झापामा अभियान संचालन गरिएको थियो । तामाडको घर निर्मााणलाई कनकाईका समाजसेवी शेरबहादुर थापा लगायातले सहयोग गर्नुभएको थियो ।
झण्डै तीन दशकदेखिको कच्ची घरमा घाँम पानी छिर्ने घरमा कष्टप्रद रुपमा तामाङ दम्पत्ती बस्ने गरेको पाइएपछि आफुुहरुले अभियान संचालन गरेर घर निर्माण गरिदिएको पत्रकार तीर्थ सिग्देलले बताउँनुुभयो । देशका चर्चित राजनैतिककर्मी केपी शर्मा ओली, सिपी मैनाली, राधाकृष्ण मैनाली सगै झापा विद्रोहमा होमिएका तामाङका छोरीको समेत मृत्युभएको र छोरा समेत कमाउनका लागि भारत कोइलाखानीमा गएर हालसम्म वेपत्ता बनेको बताउँनुभयो ।
फोटो ः नयाँ घरमा अभियानकर्मीका साथ तामाङ