कनकाई अनलाईन
– तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीको उत्कृष्ट बलिङमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई १ सय ४५ रनको सामान्य लक्ष्य दिएको छ ।
टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२।५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५(९ को अवस्थामा पुगेको स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे । यो उनको पहिलो अर्धशतक हो । ताहिर ४३ बलमा ७ रनमा अविजित रहे । मार्क वाट् १७ र शफ्यान शरिफ १६ रनमा आउट भए ।मार्क वाट् १७ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याथ्यु क्रसलाई २ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।
करण केसीले सातौं ओभरको अन्तिम बलमा कलुम म्याकलिडलाई १३ रनमा क्याच गराए । उनले २१ बलमा २ चौका प्रहार गरे । उनी एज लागेर फस्ट स्लिपमा रहेका आरिफ शेखबाट क्याच आउट भएका थिए । लगत्तै अर्को ओभरको पहिलो बलमा ओपनर काइल कोट्जर सोमपालको बलमा थर्ड स्लिपमा कुशल भुर्तेलबाट ६ रनमा क्याच गराएपछि स्कटल्यान्ड २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।
आदिल अन्सारीको बलमा एज लागेर जर्ज मुन्शे ४ रनमा कुशल भुर्तेलबाट आउट भए । सोमपालको १२ औं ओभरको पाँचौं बलमा कप्तान रिची बेरिङ्टन ३ रनमा आसिफबाट क्याच आउट भएपछि स्कटल्यान्ड ३३–५ को संकट अवस्थामा पुगेको थियो ।
आदिल अन्सारीले तल्लोक्रमका माइकल लिस्कलाई ४ र शफ्यान शरिफलाई १६ रनमा आउट गरे । दुबै ब्याटर एज लागेर आउट भएका थिए । ७९(८ को अवस्थाबाट पूनरागमन गरेको थियो ।
नेपालका सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए । अब केहिबेरमा नेपालले ब्याटिड गर्दै छ ।