Kanakai Online

माननीय झलकसिंह दर्लामीको क्षेत्रमा सबैभन्दा वढी योजना


मङ्गलवार, असार २८, २०७९ |

कनकाई अनलाईन
प्रदेश सरकारका कृषि मन्त्री तथा झापा क्षेत्र नम्बर ४ को क क्षेत्रका सांसद झलकसिंह दर्लामीको क्षेत्रमा प्रदेशमै सबैभन्दा वढी विकास बजेट भित्रिएपछि यस क्षेत्रका जनतामा खुसीयाली छाएको छ ।
झापाको निर्वाचन क्षेत्र नंं ४ एकमा आगामी आर्थिक बर्षमा गर्ने गरी ४९ वटा योजना निर्माण हुने भएको छ । प्रदेश सरकारले आफ्नो बजेटको रातो कितावमा उल्लेख्य गरे अनुसार हालै नेकपा माओवादी केन्द्रबाट पोलिटव्यूरो सदस्य बन्नु भएका प्रदेश नम्बर एकका कृषि मन्त्री झलकसिंह दर्लामी मगरले आफ्नो निर्वाचन क्षेत्रमा झण्डै ५ दर्जन हाराहारीमा योजनाहरु ल्याउन सफल भएको उहाँको स्वकीय सचीव दुर्गा नेम्बाङ्गले बताउनु भयो ।
आर्थिक बर्ष २०७९÷०८० का लागि मगरले सवै भन्दा ठूलो योजनाको रुपमा सतासीधाम, झिलझिले, हवल्दार चौक, जनताबजार हुँदै चौरी बस्ती जोडिने सडकका लागि ४ करोड बजेट विनियोजन भएको छ । यस्तै सडक मात्र दर्जन बढी योजना रहेका छन् । झण्डै २२ करोड हाराहारीमा बजेट रहेको विकासका योजना मध्ये सडक धेरै रहेका छन् ।

यस्तै नदि नियन्त्रण, खानेपानी, पर्यटकी क्षेत्रको निर्माण, ट्रस व्रिज निर्माण लगायतका योजना समेत रहेको स्वकीय सचीव नेम्बाङ्गले जानकारी दिनु भयो ।

यस्तै आगामाी बजेटमा सामुदायिक भवनहरु समेत निर्माण हुने छन् । कतिपय अधुरा भवन निर्माण गरिने छ भने केही नयाँ योजनाको रुपमा समेत अघि सारिएको छ । सिंचाई देखि सामुदायिक भवन, कवड हल समेत गरी निर्वाचन क्षेत्र नम्बर ४ क क्षेत्रमा ४९ वटा योजना आगामी आर्थिक बर्षमा सक्ने गरी योजना अघि सारिएको मन्त्री मगरले बताउनु भयो । यस बाहेक प्रदेश सरकारले अवको दिनमा कृषि क्षेत्रको सर्वाङगीण विकास लागि विभिन्न योजना अघि सारिएको उहाँले बताउनु भएको छ । यस्तै मन्त्री मगरले यस अघि पनि उहाँको निर्वाचन क्षेत्रमा पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखी खानेपानी, सिंचाई, पुल, सडक लगायत क्षेत्रमा उल्लेख्य काम भएका छन् । विनियोजित बजेटलाई समयमै कार्यान्वयन गरेर गुणस्तरीय काम गर्न समेत सवैले पहल गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन् ।

सम्बन्धित खबर