Kanakai Online

सुरुङ्गामा असारे विकासको चटारो रातभर गरेको पिच विहानै उक्काउन लगाइयो


आइतवार, असार २६, २०७९ |

कनकाई अनलाईन
असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ ।
यहाँस्थित झापाको कनकाई नगरपालिका ३ मा शनिवार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोधपछि ठेकेदारले विहानै भत्काएको छ ।


झमझम पानी परेको वेला कमशल सामाग्री राखी ठेकेदार कम्पनीले रातको समयमा पिच गरेको थियो । विहान उठेर स्थानीयले खबरदारी गरेपछि ठेकेदारले हाम्रो गल्ती भयो भनेर बनाइसकेको पिच समेत उक्काउन थालेको स्थानीयले बताएका छन ।

कनकाई नगरपालिका ३ सुुरुङ्गा खोला पुुल हुुदै कनकाई नगरपालिका ४ को सिमासम्मको १९ सय मिटर पंञ्चायात मार्ग यहि असार मसान्तमा सक्नेगरि एसए एस कन्स्ट्र«सन प्रालि विराटनगरले ३ करोड ४१ लख २१ हजार ८ सय ७९ रुपैँयामा ठेक्का पारेको हो ।

शहरी विकास तथा भवन निर्माण कार्यालयले लगाएको उक्त ठेक्काको हाल काम अन्तिम अवस्थामा पुुगेको छ । बनिसकेको करिव ५ सय मिटर पिच कनकाई ३ को कनकाई टोल र टप्पुखण्डको ठेकेदार कम्पनीले पुुन भत्काएको हो । सो क्षेत्रमा पुुन पिच गर्ने ठेकेदार कम्पनीले बताएको छ । हतारोमा राती काम गर्ने क्रममा कमशल काम गर्न थालेपछि स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले बनिसकेको रोड समेत भत्काएको स्थानीयको भनाई छ ।

कमशल काम गर्न खोज्दा जनताको विरोध गरेपछि ठेकेदारले पुन काम गर्नुपरेको स्थानीय शेरबहादुुर थापाले बताउँनुुभयो ।
फोटो ः स्थानीयको विरोधपछि सडक बनेको १२ घण्टापछि पुुन भत्काउदै ठेकेदार

सम्बन्धित खबर