Kanakai Online

कनकाईमा लक्ष्मीपाण्डे गौतमचौक सडक ठेकेदारको लार्पवाहीले नबन्ने चिन्ता


आइतवार, असार २६, २०७९ |

कनकाई अनलाईन
असार महिना सकिन केहिदिनमात्रै बाकी रहेपछि यहाँस्थित कनकाई नगरपालिका ४ इलुवावारीको लक्ष्मीपाण्डेको सालिक हुदै कनकाई ४ कै गौतमचौकसम्मको २१ सय मिटर कालोपत्रे सडक ठेकेदार कम्पनीको लार्पवाहीका कारण यस बर्ष नबन्ने भयो भन्दै स्थानीयले चिन्ता प्रकट गरेका छन ।
१ करोड ५५ लाख रुपैँयामा सडक विभाग दमकबाट सुनकोसी एभरग्रिन कन्ट्रशनले ठेक्का पारेको हो । तर आजको मितिसम्म सडकको कामले गति लिन नसक्दा सो रकम फिर्ता जान लागेको सडक विभाग दमकले जनाएको छ ।
हामीले सरकारसग पौठेजोरी खेलेर रकम निकासा गछौ, सडकबाट लागेको ठेक्का ठेकेदारले समयमै नबनाइदिदा जनताले नेताले काम गरेन भन्ने गरेको गुनासो सुन्नुपरिरहेको छ । यस क्षेत्रका संघिय सांसद एलपीसाँबा लिम्बुले बताउँनुभयो । यस बर्ष काम नसकिएर अर्को आर्थिक बर्षमा काम सम्पन्न गर्ने र समय थप गर्ने गरेमा यो निरन्तर आइरहने बजेट भएकोले बाटो बन्न ढिलाई हुने कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीले बताउँनुभयो । कनकाई ४ को क्षेत्रमा पर्ने उक्त सडक निर्माण नहुदा हज्जारौ मतदाताले हरेक दिन कहिले सडक बन्छ भनेर हैरान बनाएको सुवेदीले बताउँनुभयो ।
सो सडक यस क्षेत्रका भुपु प्रदेश मन्त्री तथा प्रदेश सभा सांसद समेत रहनुभएका हिराकुमार थापा र कनकाई ४ को वार्डकार्यालयको आगनको समेट बाटो भएकोले समेत जनताले बढी सोधीखोज ीगर्ने गरेको वडाअध्यक्ष सुवेदीले बताउँनुभयो ।
वडा कार्यालय र मन्त्रीकै घरको बाटो त बन्दैन हामीले झन के आश गर्ने भनेर जनता गाली गर्छन माननीय हिराकुमार थापा हाल बेलायत जानुभएको छ गाली सबै मैले खानुपर्छ वडाअध्यक्ष सुुवेदीले भन्नुभयो ।
यता सांसदमा लडाई झगडा गरेर रकम निकासा गरेपनि ठेकेदार गतिलो नपर्दा गालीजति नेताले खानुपरिरहेको सांसद एलपी साँबाको पनि गुनासो छ ।
यसवारेमा सडक कार्यालय दमकसग सम्पर्क राख्दा ठेकेदार कम्पनीका व्याक्तिले लामो समयदेखि फोन समेत उठाउन छाडेकोले समस्या भएको इन्जिनियरले बताउँनुभएको छ । ठेकेदार भरत भट्टराई सम्पर्कमा नआएपछि जिल्लाकै निर्माण व्यावसायी संघका अध्यक्ष मिलन बस्नेतसमक्ष समेत सम्पर्क गराइदिन अनुरोध गरिएको सो सडकको इन्जिनियरको भनाई छ ।
यस वारेमा ठेकेदार कम्पनीका प्रमुुख भरत भट्टराई समक्ष सम्पर्क राख्दा आफुले जसरी भएपनि कनकाई ४ को २१ सय मिटर सडक अवको ३ दिनभित्र कालोपत्रे गरिछाडने बताउँनुुभयो । सडक पिचको लागि आवश्यक तयारी पुुरा गरेको भएपनि सबैतीर असारको चटारोले गर्दा काम गर्ने औजार खाली नभएर हो अव धमाधम काम सुुरु हुुन्छ भट्टराईले बताउँनुुभयो । असारको २६ गते भइसक्दा समेत सम्पर्कमा नआउने ठेकेदारले काम सक्छु भन्दा पत्याउन सकिने अवस्था भने नभएको वार्डअध्यक्ष रोषन सुुवेदी बताउँछन ।
सडक विभाग दमकले लगाएको उक्त ठेक्काको हालसम्म सव वेस र वेस हालिसकेको सडक विभागको प्राविधिक टोलीले बताएको छ । ठेकेदारले चाडो काम गरुन भन्नका लागि आफुुहरुले गरेको कामको समेत थप २० प्रतिशत रकम भुुक्तानी रोकिराखेको सडक विभागले जनाएको छ । यहि महिना सम्ममा पिच गर्नने हो भने हालसम्म गरेको सबै काम पानीले बगाएर सबै खेर जाने स्थानीयको भनाई छ ।

सम्बन्धित खबर