Kanakai Online

बूढीगंगामा एमालेका बाँनिया प्रमुख र उपप्रमुखमा खड्का विजयी


आइतवार, असार २६, २०७९ |

कनकाई अनलाईन
धनगढी, असार २६ गते । बूढीढगंगा नगरपालिकामा नेकपा ९एमाले० का उम्मेदवार रामबहादुर बाँनियाँ नगरप्रमुखमा विजयी हुनु भएको छ । यस्तै उपप्रमुखमा पनि एमालेकै माया कुँवर विजयी हुनु भएको छ ।

एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खाती भन्दा। एक हजार तीन बढी मत ल्याएर विजयी हुनुभयो ।

आइतबार पूरा भएको मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाउनु भएको छ भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार खातीले तीन हजार ७७४ मत प्राप्त गरेको बूढीगंगाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडका चार हजार ७२७ मत पाएर विजयी हुनु भएको छ । उहाँकी प्रतिद्धन्द्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाउनु भएको छ ।

१० वटा वडा रहेको बूढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेस विजयीका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोग नेपालले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

बूढीगंगामा नगरपालिका १३ हजार ६५९ मतदाता रहेका रहेकोमा असार २३ गतेको चुनावमा ६६।८३ प्रतिशत अर्थात नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।

सम्बन्धित खबर