Kanakai Online

बिर्तामोडका लजमा दिउसै यौन धन्दा संचालनमा ९ युवती प्रक्राउ


शनिवार, असार २५, २०७९ |

कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित पश्चिम स्टेनका विभिन्न होटलहरूमा प्रहरीले शनिबार बिहान छापा मारि ९ जनालाई पक्राउ गरेको छ । बिर्तामोडका विभिन्न होटलमा दिनदहाडै यौन धन्दा हुने गरेको जनगुनासो बढेपछि प्रहरीले छापा मारेको हो ।

बिर्तामोड नगरपालिका –१ स्थित पश्चिम स्टेनका विभिन्न होटलबाट यौन धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात जना र सूर्योदय टोलको एउटा घरबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले बिर्तामोड एरियाका अन्य होटलरुमा पनि छापा मारिरहेको अनारमनीका डीएसपी रूगम बहादुर कुबरले जानकारी दिनुभयो । प्रक्राउ परेका मध्ये एक जना विरामी समेत रहेको पाइएकोले उसलाई रेखदेखका लागि भनि २ जनालाई अस्पताल पठाइएको र वाकी ७ जनालाई म्याद थप्न जिल्ला अदालततर्फ लगिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ परेका युवतीहरु २० बर्षदेखि ३० बर्षसम्मका रहेका र प्राय बिर्तामोड, भद्रपुर र हल्दीवारीका रहेको समेत प्रहरीले बताएको छ ।

सम्बन्धित खबर