Kanakai Online

बिर्तामोड नगरपालिकाको गुरुयोजनामा आधारित विकास


शुक्रवार, असार २४, २०७९ |

कनकाई अनलाईन
झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले भौतिक विकासको साथसाथै नगरको शहरी सौन्दर्य बढाउनेकुरालाई प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले बताउँनुभएको छ ।
आज नगरपालिकामा रिर्पोटर्स क्लव मेचीको आयोजनामा आयोजित बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष विषयक जनप्रतिनिधिसग साक्षात्कार कार्यक्रममा बोल्दै नगरउपप्रमुख संग्रौलाले नगरपालिकाले भौतिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, जनता आवाश र स्मार्ट सिटी निर्माणमा नगरपालिकाले दिर्घकालिन निति बनाएर गुरुयोजना अनुुसार अगाडि वढेको बताउँनुभयो ।

संग्रौलाले पत्रकारहरुको हक र व्यावसायिक सुरक्षाका लागि देशमै सबैभन्दा अगाडि बिर्तामोड नगरपालिका रहेको समेत दावी संग्रौलाले गर्नुभयो । नगरपालिकाले अव्यवस्थित बसोवास र सुकुम्वासी समस्याका लागि नगरले काम गरिरहेको बताउँनुुभयो । नगरपालिकाले कम्तीमा कक्षा १२ सम्म नगरका विद्यार्थीलाई निशुल्क शिक्षा दिने र यसै बर्ष १ हजार जना गरिब नगरवाशीको निशुल्क स्वास्थ्य विमा गरिदिने समेत घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै बिर्तामोडका प्रमुुख प्रशासकिय अधिकृत विनोद न्यौपानेले नगरपालिकाले शिक्षा र स्वास्थ्यका लागि नगर अस्पताल र स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरिएको बताउँनुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका १ नम्बरका वार्डअध्यक्ष अग्निप्रसाद पाण्डेले नगरपालिकाले फोहोर व्यावस्थापनका लागि कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जाको संचालन पछि फोहोर व्यावस्थापनमा सहज हुने बताउँनुुभयो ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले बिर्तामोड नगरपालिकाले ल्याउन लागेको संचारनिति पत्रकार मैत्री नभएकोले पत्रकार महासंघ लगायातको समन्वयमा ल्याइनुुपर्ने बताउँनुुभयो । कार्यक्रम रिर्पोटर्स क्लव मेचीका अध्यक्ष शेखर सेडाईको सभापतित्व एवम उपाध्यक्ष तुलसी निरौलाको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर