कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ एकान्तटोलमा आज विहान रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भने थप एक जना सख्त घाईते भएका छन ।
मृत्यु हुनेमा कन्काई नगरपालिका– ३ की ३४ वर्षीया कमला नेपाल रहेको जिल्ला ट्रफिक प्रहरी झापाले जनाएको छ ।
शुुक्रवार विहान ९ बजेको समयमा कनकाई नगरपालिका –३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे. १. त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे.१. ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा टाउकोमा चोट लागी घाईते भएकी नेपालको उपचारका क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि सोही स्थानकी अर्की ३६ बर्षिय मुना कार्की भने सख्त घाइते हुनुभएको छ उहाँको विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।
ट्याक्टर र चालक कन्काई नगरपालिका– ७ बस्ने २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।