Kanakai Online

प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु


शनिवार, असार ११, २०७९ |

कनकाई अनलाईन
भद्रपुर । प्रेस क्लब भद्रपुरको दोश्रो अधिवेशनले राजबाबू शंकरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्ष रोहित काफ्ले, महासचिव डिल्लीरमण नेपाल, सचिव द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधानलाइृ सर्वसम्मत चयन गरिएको हो ।

यसैगरी सदस्यरूमा क्रमशः भेषराज नेपाल (राजन), लक्ष्मी मिश्र, विगम श्रेष्ठ र दिपेन्द्र कट्वाललाई चयन गरिएको छ ।

गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन शत्रमा भद्रपुर नगर उपप्रमुख राधा कार्की, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, नेकपा माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राख्दै पत्रकारिताको समुचित विकासका लागि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खबर