Kanakai Online

अर्जुनधारा नगरपालिकाको बजेट ७४ करोड १५ लाख


शनिवार, असार ११, २०७९ |

कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७४ करोड १५ लाख ३ हजार २३० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार शनिश्चरेस्थित सामुदायिक भवनको हलमा आयोजित नगरपालिकाको एघारौ नगरसभा अधिवेशनमा उपमेयर खड्गमाया पराजुलीले उक्त अनुमानित बजेट पेश गर्नुभएको हो ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपमेयर पराजुलीले आर्थिक बर्ष २०७९÷०८० को अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।

नगर उपप्रमुख पराजुलीले प्रस्तुत गरेको बजेट अनुसार बित्तिय समानिकरण १९ करोड ११ लाख, राजश्व वाँडफाड १२ करोड ४५ लाख १२ हजार, सर्शत अनुदान २७ करोड ४१ लाख बिशेष अनुदान २ करोड १० लाख, समपूरक अनुदान ८० लाख संघीय सरकारमार्फतको रहेको छ ।

प्रदेश सरकारमार्फत बित्तिय समानिकरण १ करोड ६ लाख ७५ हजार, राजश्व वाँडफाड (सवारी) १ करोड ५६ लाख ४३ हजार २३० रुपैयाँ, सर्शत अनुदान १ लाख २३ हजार, समपूरक अनुदान १ करोड रहेको छ भने नगरपालिका आन्तरिक आय ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

खर्चतर्फ प्रशासनिक खर्च १५ करोड, संघीय सरकार सशर्त कार्यक्रम २६ करोड ४१ लाख, बिशेष अनुदानबाट सञ्चालन हुने कार्यक्रम २ करोड १० लाख, समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रम ८० लाख, प्रदेश सरकारबाट सशर्त कार्यक्रम १ लाख २३ हजार, समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रम १ करोड, बित्तिय ब्यवस्था ४० लाख, आर्थिक बिकास एक करोड ५० लाख, पूर्वाधार विकास ५ करोड ५ लाख, संस्थागत बिकास तथा सुशासन १ करोड २५ लाख, वाताबरण तथा बिपद् ब्यवस्थापन १ करोड, सामाजिक बिकास ४ करोड ४९ लाख ३० हजार २३० रुपैयाँ, समपूरक कोष २ करोड, साझेदारी कोष १ करोड, वडास्तरीय कार्यक्रम ११ करोड बजेट रहेको छ ।

सम्बन्धित खबर