Kanakai Online

आर्थिक वर्ष २०७९।८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ


शुक्रवार, असार १०, २०७९ |

कनकाई अनलाईन
कमल । कमल गाउँपालिकामा आगामी आर्थिक वर्ष २०७९र०८० का लागि ७१ करोड १२ लाख ३३ हजार रुपैयाँभन्दा बढीको बजेट गाउँसभामा पेश भएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आज गाउँसभामा आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेश गरेकी हुन् ।

प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ ३ करोड ६९ लाख ६० हजार, सामाजिक विकासतर्फ २८ करोड २२ लाख ९७ हजार ५०० र पूर्वाधार विकासतर्फ २६ करोड २० लाख ८७ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५१ लाख २० हजार, संस्थागत सुशासनतर्फ ११ करोड १७ लाख ६८ हजार र पर्यटनतर्फ १ करोड रुपैयाँ विनियोजित बजेट उपाध्यक्ष तिवारीले सभामा प्रस्तुत गरेकी हुन् ।

नागरिकले तिरेको करबाट नै सबल र सक्षम स्थानीय तह निर्माण हुने भएको भन्दै बजेट मन्तब्यमा उपाध्यक्ष तिवारीले नागरिकको विकासप्रतिको सकारात्मक सोच र चाहना स्थानीय आवश्यकता पहिचान, सामाजिक, आर्थिक र गतिविधिलाई नागरिक मैत्री बनाउने गरी बजेट निर्धारण गरेको बताइन् ।

प्रस्तुत बजेट कार्यान्वयनका लागि गाउँपालिकाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७९ र स्थानीय सञ्चित कोषमा आय तथा खर्च गर्नका लागि बनेको विनियोजन विधेयक २०७९ तथा सोसँग सम्बन्धित विभिन्न अनुसूचिहरु समेत स्वीकृतिका लागि सभा समक्ष पेश गरिएको थियो ।

त्यस्तै आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, खानेपानी तथा सरसफाई र स्वच्छता विधेयक २०७९, भूमि विधेयक २०७९, वन विधेयक २०७९, कृषि तथा पशुपन्छी विधेयक २०७९, विधायन समिति गठन तथा सञ्चालन कार्यविधी २०७९, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा सञ्चालन कार्यविधी २०७९ र सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार्यविधी २०७९ समेत सभामा पेश गरिएको छ ।

सम्बन्धित खबर