कनकाई अनलाईन
नेपालको पुर्वीद्धार झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
शुक्रबार मेचीनगर नगरपालिकाको नगर सभामा नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले आर्थिक वर्ष २०७९÷०८० को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय,विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैया बराबरको बजेट पेश गर्नुभएको हो ।
नगरउपप्रमुख उप्रेतीले सञ्चित कोषबाट विनियोजित रकम चालु खर्चतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्च ७० लाख ४ लाख ४ हजार १६, वित्तिय व्यवस्थातर्फ ६० लाख गरी कुल १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
संघीय सांसद् राम कार्कीले प्रमुख अतिथिको आसनबाट दोस्रो नगर सभाको प्रथम वैठकको उद्घाटन गर्नुभएको थियो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको दोस्रो नगर सभाको प्रथम वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समाजका लागि शिक्षा ,स्वास्थ्य र रोजगार लाई प्रमुख अधार बनाइएको नगरप्रमुख वुडाथोकीले बताउँनुभयो ।
बार्षिक बजेट तयार गर्दा राजनैतिक दल, विद्वत वर्ग, नागरिक समाज, नीजिक्षेत्र, सहित मेचीनगर नगरपालिकाभित्रका सरोकारवालाबाट प्राप्त सुझाव बमोजिम नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समाजका लागि शिक्षा ,स्वास्थ्य र रोजगार लाई प्रमुख अधार बनाइएको समेत नगरप्रमुख बुडाथोकीले बताउँनुभयो ।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा संविधान सदस्य रविन कोइराला, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापालगायत विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले बोल्नुभएको थियो ।