कनकाई अनलाईन
झापा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
प्रदेश नम्वर १ का भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओम सरावगीको प्रमुख आतिथ्यमा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्बजनिक गरेको हो । कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप सुधार गर्ने कार्यक्रमदेखि सामुदायिक विद्यालयमा समय सापेक्ष सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलावमा विद्यार्थीलाई सहभागी गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । कक्षा स्तरोन्नति भएका विद्यालयमा विषयगत शिक्षकको व्यवस्थापन गर्दै लागिने र विद्यालयको भौतिक पूर्वाधारको विकासलाई निरन्तरता दिने नीति कार्यक्रमा उल्लेख छ ।
त्यस्तै बाह्रदशी गाउँपालिका भित्र स्वास्थ्य सेवाको पहुँचलाई सर्वसाधारणसम्म पु¥याउन भिडियो एक्स – रे, एक्स – रे सहितको एमवीवीएस डाक्टरको व्यवस्थापन गर्ने लाने बताइएको छ । सोही सेवा मार्फत स्वास्थ्य विमाका लागि विरामी रिफर गर्ने व्यवस्था मिलाइने नीति कार्यक्रममा उल्लेछ । आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुन वाँकी रहेका तीन वटा वडामा स्वास्थ्य संस्था स्थापन गर्ने र आधारभूत जनशक्ति सहित गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन गरिने बताइएको छ । वाह्रदशी गाउँपालिका ७ मा रहेको डाँगीवारी रेडक्रस सोसाइटीबाट सञ्चालन हुने गरी एक थान एम्वुलेन्स सेवा सञ्चालन गरिने बताइएको छ । वर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाई गुणस्तरीय सेवा प्रदान गर्ने गाउँपालिकाले सार्वजनिक गरेको नीति कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वाजनकि गर्दै समृद्ध बाह्रदशी निर्माणका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटीले खरेलले स्वागत गरेको कार्यक्रममा संविधान सभा सदस्य हरि वहादुर राजवंशी, वाह्रदशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रत्ना कुमारी राजवंशी, राप्रपाका केन्द्रीय सदस्य राम कुमार सिंह राजवंशी, नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सचिव दयानन्द गोश्वामी, नेपाली कांग्रेस बाह्रदशी सभापति इन्द्र वस्नेत, नेकपा एमालेका नेता तथा डाँगीवारी गाविसका पूर्व अध्यक्ष लक्ष्मण पाठक, उद्योग वाणिज्य संघ बाह्रदशीका अध्यक्ष खगेन्द्र कार्की लगायतले बोलेका थिए ।
वाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाइले अध्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन योजना अधिकृत तेज प्रसाद रेग्मीले सञ्चालन गरेका थिए ।