कनकाई अनलाईन
१० असार, झापा । झापाको गौरादहमा शंकास्पद वस्तु फेला परेको छ । नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि सडक किनारमा प्रेसर कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
कार्कीले आज बिहान ५ः३० बजे शंकास्पद वस्तु भेटिएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । उनले नेपाली सेनाबाट त्यसलाई निष्कृय पार्ने तयारी भइरहेको पनि बताएका छन् ।
उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो रु छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’