कनकाई अनलाईन
स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा उल्लेख्य मत ल्याएर देशमै चर्चाको शिखरमा रहेको स्वतन्त्र नागरिक समाजले कनकाई नगरपालिकामा प्रमुख प्रतिपक्षको भुमिका खेल्न सुरु गरेको छ ।
नेपाली कांग्रेसले केही वार्ड र उपप्रमुखमा बिजयी बनेपछि कांग्रेस पनि सक्ता गठबन्धनमा रहेको बुझाई स्वतन्त्र नागरिक समाजको रहेको छ । नेकपा माओवादी र नेकपा एस समेतको साथ र सहकार्यमा बनेको यस पार्टीका संयोजक शेरबहादुर थापाले कनकाई नगरपालिकामा आफ्नो टिमको तर्फबाट २९ प्रश्नको उत्तर सुचनाको हक प्रयोग गरेर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसमक्ष माग्नुभएको छ ।
जसमा डिल्ली गौतम स्मृति प्रतिष्ठानको विनियोजित रकम र खर्चको विवरण माग गरिएको छ । गौतम मदन भण्डारीको हत्यारालाई कार्वाहीको मागको आन्दोलनमा झापाको दमकमा मारिनुभएको थियो । हाल सो स्मृति प्रतिष्ठानले कनकाई नगरपालिका क्षेत्रमा सामाजिक गतिविधि गर्दै आएको छ । यसैगरि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आएको रकम र खर्चको विवरण समेत माग गरिएको छ । यसैगरि युवा स्वरोजगार कार्यक्रममा हालसम्म भएको लगानी र प्राप्त गर्ने व्याक्तिहरुको विवरण समेत माग गरिएको छ । कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जामा अहिलेसम्म नगरपालिकाले गरेको लगानी र विवरण र सो संस्था र नगरपालिकाको सम्बन्धको वारेमा समेत प्रश्न गरिएको छ ।
कनकाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले उपचार सुविधा लिएको भए सोको जानकारी समेत माग गरिएको छ । कनकाई नगरपालिकामा साना ठुला गरि कति सवारी छन सो वारेमा समेत जानकारी माग गरिएको छ । यसैगरि इन्धन खर्च र सवारी मर्मत खर्चको वारेमा समेत प्रश्न गरिएको छ । यसैगरि कनकाई नगरपालिकामा कर्मचारीको संख्या र स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीको समेत विवरण माग गरिएको छ । हालसम्म नगरपालिकामा गरिएका बाटोको डिपिआर र विवरण तयार गर्ने कम्पनीको नाम र विवरण माग गरिएको छ । कनकाई ७ मा बन्दै गरेको क्रसर उद्योगमा हालसम्म विनियोजित रकमको विवरण समेत माग गरिएको छ । नगर अस्पतालमा विमाको टेण्डर प्रक्रियाका वारेमा प्रश्न गर्दै नगर अस्पतालको संचालक समिति किन बनेन भन्ने प्रश्न सोधिएको छ ।
यसैगरि टोल सुधार समिति पुर्नगठन गर्नुको काम के हो र यसको काम कर्तव्य अधिकारको वारेमा प्रश्न सोधिएको छ । यसैगरि जगन पाण्डे झण्डीडाँडामा अहिलेसम्म विनियोजित रमक कति हो प्रश्न गर्दै इलाम जिल्लामा कनकाईको बिकास बजेट किन लगानी गरियो भनेर प्रश्न सोधिएको छ । यसैगरि कनकाई नगरपालिका र अभियान नेपाल बिच के सम्झौता र सम्बन्ध छ भन्दै यसको सम्बन्धको वारेमा समेत प्रश्न सोधिएको छ ।
यसैगरि कृषिमा हालसम्म कति रुपैँया अनुदान वितरण गरियो भन्दै हालसम्म अनुदान पाउने कृषकको समेत विवरण माग गरिएको छ । एक बर्ष भित्र आर्थिक सहयोग के कति वितरण गरियो सोको विवरण माग गरिएको छ भने कोभिड खर्चको समेत विवरण माग गरिएको छ । यसैगरि न्यायिक शीर्षकमा खर्च कति गरियो सोको समेत विवरण माग गरिएको छ ।
यसैगरि खेलकुदमा छुट्टिएको ५० लाख कसरी खर्च गरियो भनि विवरण माग गरिएको छ । कनकाई नगरपालिका क्षेत्र भित्रका ऐलानी जग्गाको धनीपुर्जा किन वितरण गरिएन भनी समेत प्रश्न राखिएको छ । यसैगरि मेयर आवाश कार्यक्रममा बनेका घरको संख्या र खर्चको विवरण लगायातको प्रश्न सोधिएको छ । उक्त प्रश्न समेतको ज्ञापनपत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई स्वतन्त्र नागरिक कार्यसम्पादन समितिका संयोजक शेरबहादुर थापाले हस्तानतरण गर्नुभएको छ ।