Kanakai Online

मण्डलवस्तीको अरुणोदय वालविकास समितिमा स्थानीयको आपति


सोमवार, असार ६, २०७९ |

कनकाई अनलाईन
कनकाई ५ नम्बर वार्डको मण्डलवस्तीमा रहेको अरुणोदय वालविकासमा विकृति भित्रिएको भन्दै स्थानीय आन्दोलित बनेका छन ।
कनकाई नगरपालिका ५ स्थित अरुणोदय वालविकासमा नगरपालिकाका प्रतिनिधिले अभिभावककको चाहना विपरित नयाँ समिति बनाएको भन्दै उक्त समितिलाई मान्यता नदिन शिक्षा समिति कनकाईलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन ।
यस अघि समेत विद्यालयमा नगरपालिकाबाट आएको बजेटको हिसाव पारदर्शी नभएको, विद्यालय नियमित संचालन नभएको, वालविकासलाई नगरपालिका लगायातका दाताले दिएको सेवा सुविधावारे समेत सार्वजनिकरण नगरिएको आरोप स्थानीयको रहेको छ । केहिदिन पहिले कनकाई नगरपालिकाका प्रतिनिधिले जनार्दन मण्डलको अध्यक्षतामा वालविकासको नयाँ समिति बनाएसगै सो समिति आफुखुसी अभिभावकको स्वीकृति विना बनाएको भन्दै समिति मान्य नहुने भन्दै नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको छ ।

स्थानीय अभिभावकहरु प्रतिचन मण्डल, पारस मण्डल, हरिकृष्ण मण्डल,उपिन मण्डल, बिजय मण्डल, बेचन मण्डल, भरत मण्डल लगायातका अभिभावकहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाउनुएको छ । ज्ञापनपत्र बुझ्दै नगर शिक्षा कार्यालयका शिक्षा अधिकृत हरिप्रसाद मिश्र, नगर शिक्षा साखा तथा नगर कार्यापालिका सदस्य नवलकिशोर दत्त लगायातले ज्ञापनपत्र लिनुभएको हो ।

सम्बन्धित खबर