Kanakai Online

इलाका प्रहरीकै भवन अलपत्र पारेर ठेकेदार गायव, प्रहरीकै ज्यान जोखिममा


बुधवार, असार १, २०७९ |

कनकाई अनलाईन
ईलाका प्रहरी कार्यालय कुमरखोदको निमार्णाधिन प्रहरी भवन अलपत्र पारेर ठेकेदार वेपत्ता बनेपछि सर्वसाधरणको जिउ ज्यानको सुरक्षाको जिम्मा पाएको प्रहरीनै असुरक्षित बनेको छ ।


ठेकेदारले स्थानीय मजदुरलाई समेत उक्त प्रहरी भवन बनाएको ज्याला समेत नदिई फरार भएपछि मजदुरले समेत आफ्नो पारिश्रमित नपाएको स्थानीय मजदुरको गुनासो छ । प्रदेश सरकारको आन्ततरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट निनियोजित भई भवन निर्माण्का लागि २ करोड ३५ लाख २७ हजार रुपैँयामा टक्सार निर्माण सेवा काठमाण्डौले उक्त भवन २०७६ साल जेठमा सम्झौता गरि एक बर्षभित्रै सक्नेगरि सम्झौता गरि काम थालेको थियो ।
सुरुमा केहि महिना काम थालेपनि भवन अलपत्र पारेर मजदुर समेतको रकम नदिई ठेकेदार वेपत्ता बनेको स्थानीय मजदुर मुस्तफा मियाले बताउँनुभयो । ठेकेदारले नाफा खाएर कामको जिम्मा पेटी ठेकेदारलाई दिएको कारण पनि थप समस्या भएको मियाको भनाई छ ।
प्रहरी कार्यालय भवन, व्यारेक,मेष,सेफ्टी ट्याङ्की बनाउने जिम्मा लिएर काम थालेको निर्माण कम्पनी टक्सारले भवन निर्माणका लागि विर्तामोड घर भएका मनी लिम्बुलाई पेटी ठेक्कामा जिम्मा दिएको बुझिएको छ । लिम्बुले समेत नाफा लिएर अन्य ठेकेदार फेर्दा काम हुन नसकेको जानकारको भनाई छ ।
कामको जिम्मा पाएर काम गर्ने मुस्तफा मिया र हर्क लिम्बुले भवन निर्माणका लागि गाउँले मजदुर लगाउने जिम्ममा पाएकोमा ठेकेदार सम्पर्कमा नआउदा दैनिक मजदुरले ज्याला मागेर हैरानी बनाएको गुनासो गरेका छन । लिम्बु र मियाका अनुसार मजदुरको ज्याला र गाउँकै अन्य सामाग्री खरिद गरेको १३ लाख खर्च भएको छ । रकम दिने ठेकेदारनै बेपत्ता बनेपछि मजदुरको ज्याला नपाउनुको साथै प्रहरीकै भवन निर्माण समेत अलपत्र परेको छ । हामीले प्रहरीकै भवन बनाएको ज्याला पाइनौ भन्दै कहाँ उजुरी गर्ने हो केहि मजदुरलाई घरको मकै बेचेर तिरेपनि धेरै रकम तिर्ने पाइएको छैन मियाले भन्नुभयो । ठेकेदारलाई बारम्वार रकमका लागि ताकेता गर्दा फोन नै नउठाउने गरेको मियाको गुनासो छ ।
सम्झौतामा जनाइए अनुसार भवनमा सेफ्टी ट्याङ्की बनाउन र झ्याल ढोका बनाउन ,पेन्टिङ लगायातका आधा बढी काम भवनको बाकी छ । तर निर्माण सम्पन्न भइसक्नुपर्ने मिति २ वर्ष अघिनै सकिएको भएपनि भवन अझै अलपत्र अवस्थामा रहेको छ ।
ठेक्का लागेको भवन नबन्दा यता पुरानै कार्यालयबाट सेवा दिन प्रहरीलाई ज्यानकै जोखिम मोल्नुपरेको प्रहरीको भनाई छ । २००१ सालमा स्थापना भएको ईलाका प्रहरी कार्यालय भवन अहिले अत्यन्तै जिर्ण अवस्थामा रहेको छ । छतबाट पानी चुहिने,सिमेन्टका ढिक्का खस्ने गरेका छन् ।

सुत्दा कतिखेर सिमेन्ट खस्ने हो भनेर डर मान्दै सुत्नु र डयुटीमा रहनु परेको प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक रत्नबहादुर श्रेष्ठले बताउनुभयो । केहिदिन पहिले छतको सिमेन्ट खसेर मुनि राखिएको दुईवटा प्लालिष्टको कुर्सीनै भाचिएपछि भवनभित्र पस्नपनि डरमर्दो भएको प्रहरी नायव निरिक्षक श्रेष्ठले बताउँनुभयो । खासमा केहिदिन इलाका प्रहरी कार्यालयमा थुनुवा पनि राख्नुपर्ने हो तर प्रहरीकै सुरक्षा नहुने भवनमा कसरी थुनुवा राख्ने हो प्रहरी नायव निरिक्षक श्रेष्ठले गुनासो गर्नुभयो । बर्खाको समयमा भवन चुहिने हुदा भवनभित्रै छाता ओडेर डयुटीमा रहनुपरेको प्रहरीको गुनासो छ ।

सम्बन्धित खबर