कनकाई अनलाईन
सुरुङ्गा क्षेत्रका सहकारीले लाखौ करोडौको नगद कारोवार गर्ने गरेका छन । सहकारीले आफ्नै लगानीमा भवन बनाएर अन्य संघ संस्था र व्यापारिक प्रतिष्ठान समेतलाई भाडामा लगाएर मनग्ये आम्दामी समेत गरिरहेका छन ।
तर तीनै सहकारीले एक जना पनि रात्रीकालित चौकीदार नराख्दा सहकारीहरु नाफामुखी मात्रै छन उनीहरु आफ्नै नगद र जिन्सिको सुरक्षाका लागि कतिपनि संवेदनशील छैनन भन्ने कुराको पुष्ट्रि भएको छ ।
सुरुङ्गा क्षेत्रमा केहिदिन पहिलेमात्रै सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय साँझमै फोरेर नगद २ लाख ७० हजार चोरी गर्नेलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेर कानुनी कार्वाह ीगर्न नपाउदै यस क्षेत्रकै पुरानो र सम्पन्न मध्येमा मानिने भगवती सहकारीको चोरीको असफल प्रयास भएको छ । कनकाई नगरपालिका ३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न आएको समुहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति पुर्याएको छ ।
सोमवार विहानको राती १ बजेतिरको समयमा सहकारीभित्र पसेको समुहले मुल गेट, सिसि टिभी फुटेज, लगायात सबै ताला तोडी क्षति पुर्याएको थियो । उक्त समुहले सहकारीको आर्थिक कारोवार हुने कक्षको ताला तोडन असफल भएपछि माथिल्लो तलामा गई आगजनि गरि क्षति पुर्याइदिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनुभयो । सो समुहले सहकारीको आर्थिक कक्षको समेत सबै तालाचाबी बिगारिदिएको थियो । सहकारीको आफ्नै भवनमा अन्य व्यापारिक पसलहरु रहेको भएपनि उक्त समुहले सहकारीलाई लक्षित गरेर मात्रै चोरी प्रयास र आगजनि गरेको हो । आगलागिबाट नगद चोरी हुन नपाएपनि सहकारीको तेस्रो तला जलेर क्षति पुगेको छ भने कागजात समेत जलेको छ । घरेलु हतियार प्रयोग गरेर चोरीको प्रयास गर्ने उक्त समुह सहकारीभित्र एक घण्टा भन्दा वढी समय रहेको र सहकारीको छानोमा रहेको टिन फोरेर माथिल्लो तलाबाट भित्र पसेको पाइएको छ ।
सहकारीको आगलागि प्रहरी स्थानीय र बिर्तामोड, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।
केहि दिन पहिले मात्रै यसै सुरुङ्गा बजार आसपासमा साँझको समय सुभेक्षा बचत तथा ऋण सहकारी समेत फोरिएको थियो । प्रहरीले केहि घण्टामै चोरीमा संग्लनलाई नगद सहित पक्राउ गरेको थियो । यस क्षेत्रका अधिकांस सहकारीले दिउसोको समयमा सुरक्षा गार्ड राख्ने गरेको पाइएता पनि रातीको समयमा सुरक्षागार्ड नराख्ने गरेको पाइएकोले समेत सहकारी फोरेर चोरीका घटना वढने गरेको पाइएको छ । सुरुङ्गाको दुबै सहकारी मध्य बजारकै व्यस्त क्षेत्रमा पर्छ । यी दुई सहकारीको चोरी र चोरी प्रयास घटनाले समेत यस क्षेत्रका कम्तीमा पनि नगद र महगो कारोवार गर्ने संस्थाले रात्रीकालिन सुरक्षा गार्ड र नगरपालिका क्षेत्रको बजार र मुख्य क्षेत्रमा सिसि क्यामेरा जडान गरिनुपर्ने आवश्यकता देखिएको छ । सिसि क्यामेरा र सुरक्षा गार्ड नराख्ने सहकारी र बैँकलाई संचालनको अनुमतिमै विचार पुर्याउनका लागि स्थानीयले सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन ।