Kanakai Online

कनकाईका उप्रेती परिवारको सह्रानीय कार्य, उत्कृष्ट पत्रकार सहित बुहारी,बिद्यार्थी र कृषक पुरस्कृत कोषका लागि ३० लाख


आइतवार, जेठ २९, २०७९ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाका अगुवा तथा तत्कालिन घैलाडुब्बा गाउँपञ्चायातका प्रधानपंच समेत रहनुभएका चिरन्जिवि उप्रेती सहित उप्रेती परिवारका तर्फबाट ३० लाखको अक्षयकोषको स्थापाना गर्दै कनकाई नगर क्षेत्रका उत्कृष्ट कृषक, विद्यार्थी र बुहारी सहित एक जना झापा जिल्लाका उत्कृष्ट पत्रकारलाई समेत हरेक बर्ष सम्मानित गरिने भएको छ ।


शनिवार कनकाई ६ स्थित भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा पुरस्कार तथा अक्षयकोषका संस्थापक चिरन्जिवि उप्रेतीले ३० लाख रुपैँयाको स्थायी कोषको स्थापना गर्दै कनकाई नगरपालिका क्षेत्रभित्रका एकजना उत्कृष्ट कृषक, एकजना उत्कृष्ट माध्यमिक शिक्षामा उत्कृष्ट नम्बर ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी र भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिभित्रका एकजना असल बुहारी र थप एक जना झापा जिल्लाभरबाट एकजना उत्कृष्ट पत्रकारसमेतलाई हरेक बर्ष जनही पचास हजार राशीको पुरस्कार प्रदान गर्ने घोषणा गनुभयो ।
पुरस्कार घोषणा गर्दै चिरञ्जीवी इश्वरादेवि अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले समाज शान्तिप्रिय र सम्मुन्नत हुनका लागि सबैको उत्तिक्कै आवश्यकता रहेको भन्दै कनकाई नगरपालिकावाशीका लागि उक्त कोषको व्याजबाट हरेक बर्ष उत्कृष्टलाई सम्मान गर्दै लैजाने बताउँनुभयो । समाजलाई योगदान गर्नेब्याक्तिलाई संस्थाले सम्मान गर्दै लैजानका लागि कोषको स्थापना गरिएको उप्रेतीले बताउँनुभयो । पुरस्कारका संस्थापक चिरञ्जिवी उप्रेतीले मानिसको जन्म र मृत्युमात्रैले मानिस जन्मेको कुराले केहि सार्थकता नपाउने भन्दै समाजमा उत्कृष्ट कर्मगर्नेलाई अगाडि ल्याएर जीवनको सार्थकता हुने भन्दै कनकाई वाशीका लागि पुरस्कारबाट केहि उत्प्रेरण हुने बताउँनुभयो ।


कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई ६ नम्बर वार्डका वडाअध्यक्ष दिर्घबहादुर थापा, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायातले उप्रेती परिवारको यस पुरस्कारबाट कनकाई नगरलाई उत्कृष्ट नगर बनाउनका लागि एक इट थप्ने बताउँनुभयो । असल घर र समाज बन्नका लागि एक असल बुहारीको समेत महत्वपुर्ण भुमिका रहने भन्दै पुरस्कारबाट असल समाज निर्माणका लागि महत्वपुर्ण भुमिका खेल्ने सहभागिको जोड थियो ।
पुरस्कार तथा अक्षयकोषका लागि प्रमुख संरक्षकमा चिरञ्जिवि उप्रेती रहनुभएको छ भने संरक्षकमा कोषका संस्थापक इश्वरादेवि उप्रेती अध्यक्षमा छोरा एकराज उप्रेती रहनुभएको छ । सदस्यहरुमा सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डाः आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला र सदस्यसचिव भरतकुमार थपलिया रहनुभएको छ ।

सम्बन्धित खबर