कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाबजारमा सुभृक्षा बचत तथा ऋण सहकारी संस्थाको ताला फोरेर रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीको ताला फोरी गत बुधवार साँझ झापा गाउँपालिका ६ का ४० बर्षिय भवानी प्रसाद बिकलाई चोरी गरेको केहि घण्टाभित्रै इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको हो । विकलाई प्रहरीले राती ११ बजे घरबाटै सुतिरहेको बेलाबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनुभयो ।
विकले घरेलु हतियारको प्रयोग गरि सहकारीको ताला चाबी फोरेर नगद २ लाख ७० हजार रुपैँया चोरी गरेका थिए । चोरी गरेको रमकबाट विकले २ थान मोवाइल र अन्य घरायसी सामान समेत खरिद गरि बाकी रहेको ७४ हजार रुपैँया नगद घरमा राखेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले सिसि टिभी फुटेज र चोरी गर्दा छाडेको विकको सामानका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ ।
पक्राउ परेका विकलाई थप आवश्यक कार्वाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । विक सुरुङ्गा आसपासमा घर बनाउने ठेकेदार नाइके रहेको बुझिएको छ । उनले चोरीगरेपछि पनि सुभेक्षा आसपासकै पसलहरुबाट मोवाइल लगायातका सामान खरिद गर्ने र मादक पदार्थ समेत सेवन गरेर घर लागेको स्थानीयको भनाई छ । उनी लामो समयदेखि सहकारी आसपासमा चोरीका लागि योजना बनाउदै आएको समेत खुलेको छ । विकले सुरुङ्गाकै व्यस्त बजारबाट सहकारीको ताला तोडेर नगद चोरी गरेपछि यस क्षेत्रका सहकारीको बैङ्गिङ अवस्था कतिको फितलो छ भन्नेकुरा समेत छलङ्ग भएको छ ।