कनकाई अनलाईन
लामो समय कनकाई नगरपालिकामा शिक्षण पेशामा रहनुभएका यस क्षेत्रका शिक्षासेवी चन्द्रप्रसाद मैनाली सहित शिक्षा सेवी, दाता र शिक्षकलाई भगवती आधारभुत विद्यालयले आफ्नो २० औ बार्षिक उत्सव तथा अभिभावक दिवशका दिन पारेर सम्मान अभिनन्दन गरिएको छ ।
कनकाई नगरपालिका क्षेत्रको कनकाई मावि लगायातमा लामो समयसम्म शिक्षा क्षेत्रमा काम गर्नुभएका मैनाली सहित दाता तथा शिक्षा सेवी युवा टंकप्रसाद पाठक, गणपति सिटौला, जेष्ठ अभिभावक राईफल मिया, धनबहादुर दियाली, जीवनाथ ओझा र विद्यालयका शिक्षक राजेन्द्रप्रसाद भण्डारी र शिक्षिका धनमाया श्रेष्ठलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वार्डनम्बर ५ का वडाअध्यक्ष कृष्णबहादुर राई, विद्यालयका पुर्व प्रअ तथा वडानम्बर ६ का वडाअध्यक्ष दिर्घबहादुर थापा, कनकाई नगरपालिकाका शिक्षा अधिकृत हरिप्रसाद मिश्र, नगर शिक्षा कार्यालयका मेदनीप्रसाद पाठक, शिक्षक संघ कनकाईकी अध्यक्ष सारदा प्रसाई पाठक, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी भगवती आधारभुत विद्यालयका अध्यक्ष ओम पाठक लगायातले सम्मान तथा पुरस्कृत गर्नुभयो ।
सोही अवशरमा यस विद्यालयमा विभिन्न दाताहरुले स्थापना गर्नुभएको अक्षयकोषबाट विद्यार्थी शिक्षक तथा अन्य शिक्षासेवीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ खडगप्रसाद बिमलीले विद्यालयको आर्थिक तथा शैक्षिक गतिविधिका वारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकामा यसैवषैमात्रै सरकारी विद्यालयमा थप १२ सय विद्यार्थी थपिएको भन्दै विद्यालयको भौतिक र शैक्षिक उन्नतिमा सदैव लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । साथै यसैवर्षदेखि कम्तीमा कक्षा ८ सम्मका विद्यार्थीलाई कनकाई नगरले हाउस ड्रेसको व्यावस्था गर्ने बताउँनुभयो । ३ दिनसम्म चलेको विद्यालयको बार्षिक उत्सवको अन्तिम दिन मंगलवार समापन गरिएको छ । विद्यालयका विद्यार्थी देवि गजमेरले स्वागत गरेको कार्यक्रममा विद्यालयका शिक्षक रामकुमार पाठकले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा विच दाताद्धारा स्थापना गरिएको अक्षयकोषबाट उत्कृष्ट विद्यार्थी सहित अनुशासित र नियमित विद्यालय आउने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । २०५९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा नर्सरी देखि ५ सम्म पुर्ण अंग्रेजी माध्यमबाट अध्यान अध्यापन भइरहेको र हाल २ सय ५० विद्यार्थीले विद्यालयमा अध्यान गरिरहेको विद्यालयका अध्यक्ष ओम पाठकले बताउँनुभयो ।