Kanakai Online

कनकाईको हेप्पी लैण्ड फनपार्कले पाँचपैसा कर नतिरी करोडौको कारोवार


शनिवार, जेठ २१, २०७९ |

लीलाराज झापाली
झापाको कनकाई नगरपालिका ३ र २ को सिमानामा संचालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई पाचपैसा कर नतिरी करौडौ रुपैँया आम्दामी मात्रै लिएको सार्वजनिक भएको छ ।

फनपार्कका संचालक दिनेश शिवाकोटीले इलामको माई नगरपालिका २ मा संचालनमा ल्याएको अर्को चेप्टी फनपार्कले करोडौको सरकारी र वनको जमिन हडपेको कुरा विभिन्न मिडियाबाट वाहिर आएसगै उनले आफ्नो गाउँमा बषौदेखि संचालनमा ल्याएको फनपार्क पनि विवादमा तानिएको छ । सुरुमा आफ्नै पार्टनरविचमा विवाद भएर केहि चर्चामा रहेको फनपार्कले करोडौको रकम आम्दामी गर्दापनि कनकाई नगरपालिकालाई भने एउटा रातो पैसा कर नबुझाएको सार्वजनिक भएको छ । कनकाई नगरपालिकाले तत्काल कर बुझाउन भनी पटक पटक सेल्फी डाँडो समेत भनिने ह्रयाप्पी लैण्ड फनपार्कलाई पत्र काटेपनि अटेर गरिरहेको कनकाई नगरपालिकाले जनाएको छ ।

फनपार्क र चेप्टीका कर्तुतहरु ध्माधम मिडियामा आउन थालेपनि भने फनपार्कका मानिसहरु हामीले कसरी यत्रो बर्षको कर तिर्नेहोला सहजीकरण गरिदिनुपर्यो भन्दै हाल कनकाई नगरपालिकामा दिनहु मानिसहरु आउने गरेको नगरपालिका स्रोतले बताएको छ । एउटा साधरण व्यावसायिक आफ्नै वोर्ड राखेको पनि हजार रुपैँया कर लिएको भनी चर्को आलोचना भइरहेको कनकाई नगरपालिकाले बर्षमा करौडौको व्यापार गर्ने ह्रयाप्पी लैण्डसग भने ५ पैसा कर नलिएपछि नगरपालिका र फनपार्कविच के कस्तो सम्बन्ध छ भनी सर्वसाधरणले प्रश्न उठाउन थालिसकेका छन । कनकाई नगर पालिकाको मनोरञ्जन कर शीर्षकमा हरेक टिकटबाट ५ प्रतिशत रकम नगरपालिकालाई मनोरञ्जन करवापत तिर्नुपर्ने प्रष्ट व्यावस्था छ ।

यसरी हैप्पी लैण्ड फनपार्क अर्थात सेल्फी डाँडाँले हालसम्म ५ बर्षमा कम्तीमा पनि करोडौ रुपैँया कर कनकाई नगरपालिकालाई तिर्नुपर्ने देखिन्छ । हैप्पी लैण्डले कम्तीमा २ सय र विशेष अवस्थामा ५ सय रुपैँया प्रतिटिकटको रकम लिएर मानिसहरु भित्र प्रवेश गराउने गरेको छ । हैप्पी लैण्डभित्र समेत थप सिनेमा हल समेत संचालन गरेकोले त्यसको पनि रकम जोडदा वढी हुने गरेको छ । हैप्पी लैण्डले आफ्नो दैनिक १० औ लाख रुपैँयाको कलेक्शन मनि हुने भन्दै बैँकका मेनेजर र अनुगमनमा आउने बैकका व्याक्तिलाई गेटमा राखेर प्रमाणित समेत गर्नै गरेका छन । हप्पी लैण्डले ऋण प्रयोजनका लागि गेट मनि जति देखाएका छन ती सबै हिसाव गरेर कनकाई नगरपालिकाले कर असुल गर्नुपर्ने माग कनकाईवाशीको रहेको छ । नत्र हप्पी लैण्ड र कनकाई नगरपालिकाविचको सम्बन्धका वारेमा शंका गर्ने ठाउँ रहेको आम कनकाई वाशीको भनाई छ ।

सम्बन्धित खबर