कनकाई अनलाईन
काठमाडौं ९हाम्रो खेलकुद० – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा कतारमाथि ७९ रनको सानदार जितका विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५।४ ओभरमा ३८ रनमा अल आउट भयो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४–१४ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको कसिलो बलिङ सामु कतारका ७ खेलाडीले खाता नै खोल्न सकेनन् ।
नेपालकी सृष्टि जैशीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । अनु कडायत २।४ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले २ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् ।
त्यसअघि युकेएम यसडी क्रिकेट ओभल बांगीमा पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालकी अश्मा पुलामी मगरले ३९ बलमा ३२ रनमा अविजित रहिन् । सृष्टि जैशीले १९ बलमा १ चौकासहित २३ रनमा अविजित रहिन् । सनु राजवंशीले ४४ बलमा २१ रन जोडिन् । किरण कुमारी कुँवर १ र अञ्जली विश्वकर्मा ११ रनमा आउट भइन् ।
नेपालले दोस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ । नेपाल र थाईल्यान्ड यस प्रतियोगिताका प्रमुख दाबेदार हुन् ।
नेपाली यू–१९ महिला टोली
कृतिका मरासिनी ९कप्तान०, स्नेहा महरा ९उपकप्तान०, सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव ९विकेटकिपर०, साना प्रविन, रञ्जु श्रेष्ठ ९विकेटकिपर०, आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।