कनकाई अनलाईन
झापाको बिर्तामोड र आसपपासका क्षेत्रमा मोटरसाईकल चोरी गर्ने ठुलो गिरोहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले आज बिहिवार पत्रकार सम्मेलनको आयोजना गरि यस क्षेत्रमा मोटरसाईकल चोरी गर्ने १० जना र उनीहरुले चोरी गरेका विभिन्न कम्पनीका १२ थान मोटरसाईकल पक्राउ गरि सार्वजनिक गरेको हो ।
यसअघि ३ दिन पहिले मात्रै झापाको दमकबाट समेत ४ थान मोटरसाईकल र २ जना मोटरसाईकल चोरीमा संग्लनलाई पक्राउ गरेको थियो । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड नगरपालिका –५ का १८ बर्षीय करण मण्डल, बिर्तामोड–३ का १९ बर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ बर्षीय समीर मियाँ, टिकुली–५ सप्तरीका २७ बर्षीय करण महमद, गौरीगंज–५ का १८ बर्षीय ओम प्रकाश यादव, चुलाचुली इलामका १८ बर्षीय राहुल श्रेष्ठ र अन्य १४ र १५ बर्षका झापाकै नाबालाकहरुलाई मोटरसाईकल चोरीमा संग्लनहरुलाई पक्राउ गरिएको र उनीहरुले विभिन्न झापाका दुई जना नाबालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रहरीले ४ वटा बजाज, ५ वटा हिरो होण्डा, एउटा टिभिएस, एउटा यामाहा र एउटा सुजुकी कम्पनीको सो गिरोहले चोरेको मोटरसाईकल समेत बरामद गरेको छ । चोरिएका प्राय मोटरसाईकलहरु अर्जुनधारा १० को करण महमदले संचालन गरेको मोटरसाईकल ग्यारेजबाट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु मध्ये प्राय पहिलेपनि आपाराधिक गतितिविधिमा संग्लन भेटिएको प्रहरीको भनाई छ ।
प्रहरीले चोरी गर्ने गिरोहले एक थान झापाको बुधवारे र एक थान मोटरसाईकल भने इलाम क्षेत्रबाट चोरी गरेर लैजानेक्रममा फेला पारेको जनाएको छ । चारी भएका मोटरसाईकलहरु तराईका जिल्लाबाट चोरी गरि मोडिफाई गरेर पहाडि जिल्लामा लगेर विक्री गर्ने गरिएको पाइएको प्रहरीले जनाएको छ । झापामा मोटरसाईकल चोरीमा संग्लन अन्य थप ठुलै गिरोहको समेत पहिचान खुलिसकेकोले प्रहरी उनीहरुलाई पक्राउ गर्न लागिपरेको समेत जनाएको छ । झापामा मोटरसाईकल चालकले ब्लुुक साथमा नलिइकन हिडने गर्नाले समेत ट्राफिक व्यावस्थापन र चेकजाँचमा समस्या भइरहेको प्रहरीको भनाई छ । पक्राउ परेको सो गिरोहलाई चोरी मुद्धामा म्याद थप थरि आवश्यक कानुनी कार्वाही अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ ।