कनकाई अनलाईन
आफ्ना पिता श्यामसुन्दर ओलीलाई कनकाई नगरपालिका प्रमुखको चुनावमा टिकट नदिएपछि केपी ओली क्याम्प छाडेर झापाकै अर्का राजावादी नेता राजेन्द्र लिङदेनको पार्टी राप्रपा प्रवेश गरेकी पुर्व मोडल खुष्बु ओलीले संचालनमा ल्याएको सेल्टर आश्रय नेपालले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने भएको छ ।
सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिने छ । महिला सेलमा रहेका कैदी बन्दीले मात्र रेफ्री तालिम पाउने छन् ।
यस सम्बन्धी सम्झौतामा सेल्टर आश्रय र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ ।
सम्झौता समारोहमा सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको बताइन् ।
सेल्टर नेपालले यसअघि सडक बालबालिकाका लागि फुटबल कार्यक्रम सञ्चालन गरेको थियो । भने उनीहरुलाई विश्वकप सम्मको यात्रा गराउन ओलीको सेल्टर आश्रम सफल पनि भएको थियो । ओली झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी हुन ।