कनकाई अनलाईन
कनकाई नगरपालिकाको आयोजनामा १५ औ गणतन्त्र दिवश मनाइएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागिले गणतन्त्रको साचो अर्थमा मुल मर्म पुरा हुन नपाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले आफ्नो गरिबी र सुशासन विरुद्धको लगाई जारी रहेको भन्दै यसको जितबाट मात्रै साचो अर्थमा गणतन्त्रले सार्थकता पाउने बताउँनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, राप्रपाका क्षेत्रिय सभापति नारायण पोखरेल, नवनिर्वाचित वार्डअध्यक्ष दिर्घ थापा, कार्यपालिका सदस्य गीता उप्रेती, सुरुङ्गा जेसिजकी अध्यक्ष सुष्मा नेउपाने लगायातले गणतन्त्र र शहिदले देखाएको बाटोलाई अवलम्बन गर्न सबैले मिलेर काम गर्नुको विकल्प नभएको बताउँनुभयो ।
कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद नेउपानेले संचालन गर्नुभएको थियो । यसअघि राष्ट्रिय झण्डातोलन समेत गरिएको थियो ।