कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपी साँबाको स्वकीय सचिवमा पुन विशाल खनाल नियुक्त हुनुभएको छ ।
यसअघिका स्वकीय सचिव सिकिन पासवान शिवसताक्षी नगरपालिकाको वार्डअध्यक्षमा निर्वाचित भएसगै युवा खनालले सांसद साँबाको स्वकीय सचिवको जिम्मेवारीमा रहनुभएको साँवाको सचिवालयले जनाएको छ । विशाल यसअघि पनि माननीय सांसद साँबाको स्वकीय सचिवमा रहनुभएको थियो ।
भने हाल खनाल साँबाको सचिवालय टिममा रहेर काम गर्दै आउनुभएको थियो । कोरोना कालमा समेत जनताको जीवन रक्षाका लागि महत्वपुर्ण काम गर्नुका साथै सामाजिक र राजनैतिक गतिविधिमा सक्रिय रहदै आउनुभएका खनाल १२ बर्षदेखि माननीय साँबाको टिममा रहेर विभिन्न जिम्मेवारीमा काम गर्दै आउनुभएको छ । आफुले स्वकिय सचिवको जिम्मेवारी पाएसगै जनताका गुनासा र विकास निर्माणमा जोडिएर काम गर्ने खनालले बताउँनुभएको छ ।