Kanakai Online

बिर्तामोडकी उपमेयरको चुनाव खर्च एकलाख मात्रै


शनिवार, जेठ ७, २०७९ |

कनकाई अनलाईन
राप्रपाका उम्मेद्धारका लागि राजावादीहरुले पैसाको खोलो बगाए जस्ता समाचारहरु बाहिरिएरहेको वेला यहाँस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोडकी उपमेयरकी उम्मेद्धारले आफ्नो एक लाख रुपैँया निर्वाचनमा खर्च भएको सार्वजनिक गनुएभएको छ ।

झापामा निर्वाचन पछि आफ्नो निर्वाचन खर्च मिडिया मार्फत सार्बजनिक गर्ने प्याकुरेल सम्भवत पहिलो उम्मेद्धार बन्नुभएको छ । घोषणा पत्र तथा प्रचार सामाग्री, उम्मेदवारी दर्ता, यातायात, बुथ खर्च लगायतमा एक लाख रुपैँया खर्च भएको प्याकुरेलल खर्च सार्बजनिक गर्नुभएको हो ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख तथा उपप्रमुखले ४ लाख ५० हजार रुपैँयासम्म खर्च गर्न सक्नेगरि सिलिङ तोकेपनि प्याकुरेलले आफ्नो चुनाव खर्च एक लाख रुपैँया मात्र खर्च भएको सार्बजनिक गर्नुभएको हो ।

प्याकुरेलले घोषणापत्र तथा प्रचारसामाग्री छपाईमा ३० हजार, यातायातमा २० हजार रुपैँया र बुथ खर्च ५० हजार रुपैँयाखर्च भएको हिसाब सार्बजनिक गर्नुभएको हो ।
विजेतालाई बधाई मतदातालाई आभारसहित धन्यवाद

प्याकुरेलले वैशाख ३० गते सम्पन्न निर्वाचनमा राप्रपालाई मतदान गरेकोमा मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । आफू राप्रपाको तर्फबाट उम्मेदवार भई निर्वाचनमा सहभागी भएको र प्राविधिक रुपमा पराजित भएपनि इमान्दारपूर्वक पार्टीको नीति सिद्धान्तप्रति निष्ठावान रहेका कारण विचलित नहुने प्रतिबद्धतासमेत गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्याकुरेलले राप्रपा पार्टीमात्र नभई भ्रष्टाचार विरुद्धको अभियानपनि भएको उल्लेख गर्नुभएको छ ।