Kanakai Online

बिर्तामोड नगरपालिकामा प्रमुख उपप्रमुखमै एमाले बिजयी


शुक्रवार, जेठ ६, २०७९ |

कनकाई अनलाईन
झापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रा महतारा (प्रसाईं) र उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् ।

शुक्रबार दिउसो सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गर्नुभयो । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गर्नुभयो । महतराको निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत प्राप्त गर्नुभयो । महतरा यस अघि बिर्तामोड नगरपालिकाको उपमेयर रहनुभएको थियो । यो जित सगै झापाका १५ पालिका मध्ये महतरा एकमात्रै महिला पालिका प्रमुख समेत बन्नुभएको छ ।

उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी गठबन्दनबाट माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गर्नुभयो । संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत प्राप्त गर्नुभयो । सिटौला यस अघि विर्तामोड नगरपालिकाको वडाअध्यक्ष रहनुभएको थियो । बिर्तामोड नगरपालिकामा १० वडामध्ये एमालेले १,२,३,४,७ र ९ गरि ६ वडामा बिजयी भएको छ भने नेपाली कांग्रेसले ५,६ र १० नम्बरमा बिजयी हुदा राप्रपाले ८ नम्बर वार्डमा बिजयी भएको छ ।