Kanakai Online

कनकाई ३ मा एमालेको प्यानलै बिजयी, अध्यक्षमा चम्लगाई


बुधवार, जेठ ४, २०७९ |

कनकाई अनलाईन
कनकाई ३ मा एमालेको प्यानलै बिजयी भएको छ । वार्डअध्यक्षमा युवराज चम्लगाईले १५८० मत ल्याएर बिजयी हुदा उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मिनकुमार प्रधानले १३६० मत ल्याए । प्रधानलाई चम्लगाईले २२० मतको फरकले पराजित गरेका हुन । यसैगरि वडासदस्यमा समेत एमालेकै गोविन्द सुवेदी १८५१ र अनिल गोयल १८१५ मत ल्याएर बिजयी बने । महिला दलित सदस्यमा पुन सुष्मा परियार १८६८ मत र महिला सदस्यमा पुन कृष्णकुमारी भुजेल १८९१ मत ल्याएर बिजयी बने ।


यता कांग्रेका वडासदस्यहरु होम बिमलीले १६२९ र मेघराज आचार्य १६९२ मत ल्याए । कांग्रेसकै महिला सदस्य गीतादेवि ओलीले १६२२ मत र दलित महिला सदस्य बिमला विकले १७११ मत ल्याउनुभयो । यता वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्धारी दिनुहुने युवराज संग्रौलाले १३०८ मत ।

राप्रपाका हरि कार्कीले ४७६ मत, साझा विवेकशीलका सचिन लामाले ८६ मत ल्याए । माओवादी केन्द्रकी महिला सदस्य लीला प्रसाईले १७३, माओवादीकै वडासदस्य हिमाल ढकालले १५६ मत, नेकपा एसका वडासदस्य प्रतिक राजवंशीले २४९ मत ल्याए । राप्रप्राकी महिला दलित सदस्य कल्पना दर्जीले ७७५ मत, महिला सदस्य मिनादेवि पाठकले ८२३ मत ल्याउनुभयो । हिजो मंगलावार राती यो मत गणना सार्वजनिक भएको हो ।