Kanakai Online

कनकाई ५ मा एमालेका कृष्ण राई निर्वाचित


सोमवार, जेठ २, २०७९ |

आइपी भट्टराई
कनकाई नगरपालिका ५ को वार्डअध्यक्षमा पुन कृष्ण राई निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राई यसअघि पनि सोही वार्डबाट निर्वाचित हुनुभएको थियो । राईले उनका चिरप्रतिद्धन्द्धी कांग्रेसका रमेश दाहाललाई ५३ मतले पछि पार्दै यसपटक पनि बाजी मारेका हुन । यसअघि पनि कृष्ण राईले दाहाललाई नै हराएका थिए ।


कृष्ण राईले १५४० मत ल्याएर बिजयी हुदा उनका प्रतिद्धन्द्धी दाहालले १४ सय ८७ मत ल्याए । यसैगरि एमालेकै महिला सदस्यमा इन्दिरादेवि अधिकारी (१४०८ मत) दलित महिला सदस्यमा साबित्रा बर्देवा ( १४४३) मत खुल्ला सदस्यमा डिल्लीराम उप्रेती(१३८१) मतका साथ बिजयी हुदा एक खुल्ला सदस्यमा भने नेपाली कांग्रेसका गोविन्द कार्की १३७५ मतका साथ बिजयी भए ।

निकत्तम प्रतिद्धन्द्धीका रुपमा पराजित हुनेमा खुल्ला सदस्यमा एमालेका भीमबहादुर थापा १३७३ मत । खुल्ला महिला सदस्यमा राधा तण्डुकार १३९५ मत, दलित महिला सदस्यमा कांग्रेसकै मुना सार्की १३४५ मत र खुल्ला सदस्यमा कांग्रेसकै पृतिवन मण्डल १३४५ मत रहेका छन । यता हलो चुनाव चिन्हबाट वडाअध्यक्षमा उम्मेद्धारी दिनुभएका भानुभक्त सिटौलाले भने ७९ मत ल्याउनुभएको छ । हिजोबाट ५ नम्बरको गन्न सुरु गरिएको मत परिणाम आज अवेर सार्वजनिक गरिएको हो ।