आइपी भट्टराई
कनकाई नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा एमालका राजेन्द्रकुमार पोखरेलले ५ सय ४५ मतले अग्रता बनाइरहनुभएको छ ।
अहिले १ बजेसम्मको मत परिणाम अनुसार जम्मा १४ हजार ३ सय ४ मत गन्दा पोखरेलले ४५ सय ९२ मत पाउनुभएको छ । उहाँका प्रतिद्धन्द्धी कांग्रेसबाट बागी उम्मेद्धारी दिनुभएका स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापाले जेब्रा चिन्हबाट ४ हजार ४७ मतले पछ्याइरहनुभएको छ । यसैगरि कांग्रेसका आधिकारिक उम्मेद्धार रुद्रप्रसाद चिमरियाले रुख चिन्हबाट ३ हजार ८५ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।
यसैगरि हलो चुनाव चिन्हका राप्रपाका उम्मेद्धार श्यामसुन्दर ओलीले १ हजार ४६ मतका साथ चौथो स्थानमा रहदा साझा विवेकशीलका उम्मेद्धार भीमप्रसाद अधिकारीले तराजु चिन्हमा ८१ मत ल्याएर पाचौ स्थानमा रहनुभएको छ । यसैगरि मौलिक जरोकिलो पार्टीकी टंका उप्रेतीले ११ मत ल्याएर छैठौ स्थानमा रहदा माओवादी विप्लप पार्टीका उम्मेद्धार देविप्रसाद उप्रेतीले १ मत ल्याएर खाता खोल्नुभएको छ ।
यसैगरि उपमेयरमा भने कांग्रेसकी आशाशर्मा शिवाकोटीले अग्रता बनाइरहनुभएको छ । हालसम्म आशाशर्मा शिवाकोटीले रुख चिन्हमा ५४ सय ५२ मत ल्याउनुभएको छ । भने एमालेकी मन्जु प्रसाईले सुर्य चिन्हबाट ४८ सय ९६ मत ल्याएर पछ्याइरहनुभएको छ । आशा शर्मा शिवाकोटीले हालसम्म ५ सय ५६ मतले लिड गरिरहनुभएको छ ।
यता उपमेयरमा राप्रपाकी सचित्रा खनाल चुडालले ९ सय ६ मतका साथ तेस्रो स्थानमा रहदा नेकपा एसकी अम्बिका उप्रेती महतले ४४२ मत ल्याएर तेस्रो स्थानमा रहदा साझा विवेकशीलकी अम्बिका चापागाईले ६६ मतका साथ पाचौ स्थानमा रहनुभएको छ । यता मौलिक जरोकिलो पार्टीकी शान्ता दाहालले ९ मत र उन्नत लोकतन्त्र पार्टीकी खुल्ला किताबबाट बिन्दा वराइलीले ६ मत ल्याउनुभएको छ । हाल कनकाईको ९,८,७,६ नम्बरको मत गणना भइसकेको छ भने हाल ५,४ र ३ को मत गणना हुदै छ । कनकाईमा जम्मा २५ हजार ८ सय ५१ मत खसेको छ ।