आइपी भट्टराई
कनकाई नगरपालिका ७ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । दुर्गापुर क्षेत्र एमालेको गढ तथा हालका मेयर राजेन्द्रकुमार पोखरेलको गाउँ पनि हो । कांग्रेसले एमालेको विरासत तोड्दै प्यानल नै विजयी बनेको हो । यस अघिको निर्वाचनमा एमालेले अत्यधिक मतका साथ विजयी हाँसील गरेको कनकाईको वडा नं ७ लाई यस पटक भने कांग्रेसले आफ्नो कब्जामा पारेको हो । निर्वाचनको हालै सम्पन्न मत गणनाको अन्तिम परिणामबाट वडा अध्यक्षमा भिष्म सिटौलासहितको कांग्रेस प्यानल बिजयी बनेको हो ।
सिटौलाले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश शिवाकोटीलाई पछि पार्दै बिजयी बनेका हुन । सिटौलाले १ हजार १ सय १५ मत प्राप्त गर्दा सिवाकोटीले ८६७ मत ल्याएका थिए । सिटौला २४८ मत अन्तरले बिजयी बनेका हुन । वडा नं ७ मा जम्मा २३२७ मत खसेको थियो ।
यसैगरि महिला सदस्यतर्फ अरुणा सुब्बा ९४८ मत प्राप्त गर्दै बिजयी भएकी छन । दलित महिला सदस्यमा सावित्रा सार्की ८७४ मत र खुल्ला सदस्यमा भगन टुडु ६८७ मत ल्याउदै विजयी भएका छन भने अर्को खुल्ला सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल आङ्थुपा लिम्बू ८९३ मत ल्याउदै विजयी भएका छन ।
कनकाईको मेयर पदकालागि सुर्य चुनाव चिन्हका उम्मेद्वारको अग्रता रहेको छ भने उपमेयर पदकालागि रुख चुनाव चिन्ह भएका उम्मेद्वारले अग्रता लिएका छन् । कनकाईको वडा तर्फ वडा नं। ६ ,८ र ९ को नतिजा आईसकेको छ भने अरु वडा मत गणनाकै क्रममा रहेको छ । यसअघि वार्डमा कांग्रेसले ८ र ७ नम्बर तथा एमालेले ६ र ९ नम्बरमा जित हात पारेको हो ।