आईपी भट्टराई
कनकाई नगरपालिकाको हालसम्म १३ हजार ६ सय ४ मत गन्दा एमालेका राजेन्द्रकुमार पोखरेल ४०० मतले अगागि रहनुभएको छ । स्वतन्त्रका जेब्राका उम्मेद्धार शेरबहादुर थापालाई हाल ४ सय मत अन्तरले पछि पार्नुभएको हो ।
राजेन्द्रकुमार पोखरेलले ४३ सय ७८ मत ल्याउदा स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापाले ३९ सय ७८ मत ल्याउनुभएको छ । उपमेयरमा भने कांग्रेसकी उम्मेद्धार आशाशर्मा शिवाकोटीले ४३२ मतले एमालेकी मन्जु प्रसाईलाई पछि पार्नुभएको छ । आशाले कुल ५१२३ मत ल्याउदा एमालेकी मन्जु प्रसाईले ४६५१ मतले पछयाइरहनुभएको छ ।
हाल कनकाई ३,४ र ५ को मत गणना हुदै छ । कनकाईको कनकाई माविको गणना हुदै छ । यसैगरि मेयरमा चौथो पोजिसनमा हलोबाट श्याम ओलीको ८५२ मत, पाचौमा साझा विवेकशीलका भीम अधिकारीले ७३ मत र छैठौमा मौलिक जरोकिलो पार्टीकी टंका उप्रेतीले ९ मत ल्याउदा विप्लप माओवादीका देवि उप्रेतीले १ मत पाउनुभएको छ । उपमेयरमा तेस्रोमा राप्रपाकी सचित्रा चुडाल ८५२ मत, चौथोमा नेकपा एसकी अम्किा उप्रेती कलमकी ४२५ मत पाचौमा साझा विवेकशीलकी अम्बिका चापागाईको ६५ मत, छैठोमा मौलिक जरोकिलोको ९ मत पाउनुभएको छ । कनकाईमा ३५ हजार ४ सय ७१ मतमा २५ हजार ८ सय ५१ मत खसेको थियो ।