आइपी भट्टराई
कनकाई नगरपालिका ९ नम्बर वार्डमा नेकपा एमालेको पुरै सेटै बिजयी भएको छ । यसअघि यो वार्ड कांग्रेसले जितेको थियो ।
यसपटक एमालेले फिर्ता ल्याएको छ । एमालेका वडाअध्यक्षका उम्मेद्धार राजेन्द्र उप्रेतीले सुर्य चिन्हबाट १०९८ मत ल्याएर बिजयी हुदा कांग्रेसका प्रेम राजवंशीले ५९६ मत मात्रै ल्याए । राजवंशी कनकाई ९ का यसअघिका वार्डअध्यक्ष हुनुहुन्छ भने हालका वडाअध्यक्ष उप्रेती सोहि वार्डका वार्डसचिव रहदै आउनुभएको थियो ।
उप्रेतीले वार्डसचिवबाट राजीनामा दिएर वार्डअध्यक्षमा चुनाव भीडनुभएको हो । यसैगरि वार्डसदस्यमा समेत एमालेका नरमान श्रेष्ठ (८०१) मत ल्याउदै बिजयी हुनुभयो भने सदस्यमा एमालेकै युवराज राजवंशी बिजयी हुनुभयो ।
महिला सदस्यमा समेत एमालेकै शुशिला चौधरी (७८३) मत र दलित महिला सदस्यमा एमालेकै तारा दमाई (७८६) मत ल्याएर बिजयी हुनुभयो । यता कांग्रेसका वडा सदस्यहरु भक्तबहादुर तिम्सिना ५४७ मत राजेन्द्र हाङबोहाङ (५७७) महिला सदस्य शान्ता चुडाल ५८८ र दलित महिला सदस्य मुना शिवा ५७६ मत ल्याएर पराजित हुनुभयो । ९ नम्बरको मत परिणाम आज आइतवार दिउसो आएको हो ।