कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका बागी रहेका स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापाले सुरुवाती समयदेखि नै अग्रता बनाउनुभएको छ ।
माओवादी केन्द्र र समाजवादीको समर्थनमा स्वतन्त्रबाट मेयर पदमा उम्मेद्धारी दिएका शेरबहादुर थापाले शनिवार विहान आज ११ बजेसम्ममा कुल ९४९ मत गन्दा ४२१ मत ल्याएर अग्रता बनाउँनुभएको छ । थापाले दोस्रो पोजिशनमा हुने राजेन्द्रकुमार पोखरेलाई १५८ मतले अग्रता लिनुभएको छ । कनकाई नगरपालिकामा एमालेका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले २६३ मत ल्याएर थापालाई पछ्याइरहनुभएको छ भने नेपाली कांग्रेसका उम्मेद्धार रुद्रप्रसाद चिमरियाले ९५ मत ल्याउनुभएको छ । राप्रपाका उम्मेद्धार श्यामसुन्दर ओलीले जम्मा ३८ मत ल्याउनुभएको छ ।
यता उपमेयरमा भने एमालेकी मन्जु प्रसाईले ३५७ मत ल्याएर अग्रता बनाउदा काग्रेसकी आशा शर्मा शिवाकोटीले २६४ मत र राप्रपाकी सचित्रा खनालले ६८ मत ल्याउनुभएको छ । कनकाईको अन्य मेयरका उम्मेद्धारहरुमा तराजुले एक मत पाउदा अन्य थप दुई उम्मेद्धारले हालसम्म खाता पनि खोल्न सकेका छैनन । कनकाईको ९ र ८ नम्बर वार्डमा हाल धमाधम मतगणना भइरहेको छ । कनकाईमा जम्मा ३५ हजार ४ सय ७१ मतदातामा २५ हजार ८ सय ५१ मत अर्थात ७२ दशमलव ८८ प्रतिशत मत खसेको थियो ।