कनकाईमा स्वतन्त्र उम्मेद्धार जेब्राको अग्रता कायमै


आईपी भट्टराई
कनकाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका बागी तथा माओवादी केन्द्र र समाजवादीको समर्थनमा मेयरमा उम्मेद्धारी दिएका शेरबहादुर थापाको अग्रता कायमै रहेको छ ।


हालसम्म ६ सय ४९ मत गणना हुदा जेब्रा चुनाव चिन्हका शेरबहादुर थापाले सबैभन्दा वढी २ सय ९१ मत ल्याएर अग्रता बनाउनुभएको छ । भने सुर्य चुनाव चिन्हबाट उम्मेद्धारी दिनुभएका एमालेका राजेन्द्रकुमार पोखरेलले जम्मा १ सय ७३ मत ल्याएर पछ्याइरहनुभएको छ । तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६० मत ल्याएर तेस्रो हुनुभएको छ । यसैगरि चौथोमा हलोका श्याम ओलीले २५ मत ल्याउनुभएको छ । पाचौमा तराजुका भीमप्रसाद अधिकारीले समेत एक मत ल्याएर खाता खोल्नुभएको छ । उपमेयरमा सुर्य चुनाव चिन्हबाट उम्मेद्धारी दिनुभएकी मन्जु प्रसाईले २३० मतका साथ अग्रता बनाइरहनुभएको छ भने दोस्रोमा रुख चुनाव चिन्हकी आशा शर्मा शिवाकोटी ११८ मतका साथ उहाँलाई पछयाइरहनुभएको छ तेस्रोमा हलोकी सचित्रा खनालले ४५ मत र चौथोमा कलम चिन्हकी अम्बिका उप्रेतीले २१ मत ल्याउनुभएको छ । वडाअध्यक्षमा समेत ८ नम्बरमा एमालेका प्रेम कटुवालले १५९ मत ल्याएर अग्रता बनाउनुभएको छ उहाँलाई रुखका लीलाबहादुर कटुवाल ११६ ले पछ्याइरहनुभएको छ । ८ नम्बरमा हलोले ३२ मत ल्याएको छ । भने जेब्राले ७ मत माओवादी केन्द्रका गणेश मगरले ९ मत । यसैगरि ९ नम्बर वार्डमा सुर्य चुनाव चिन्हका राजेन्द्र उप्रेतीले सर्वाधिक १४३ मत ल्याएका छन भने उनलाई रुखका प्रेम राजवंशीले ९२ मतले पछ्याइरहेका छन । ९ मा जेब्राको २३ मत आएको छ ।

यो शनिवार विहान ९ बजेसम्मको ताजा अपडेट हो । कनकाईको कनकाई नगरपालिकामा मतगणना शुक्रवार अबेरबाट सुरु भएको हो । ९ नम्बर हुदै क्रमश १ नम्बरतर्फ मतगणना हुदै जाने निर्वाचन अधिकृत दिपक कोइरालाले बताउँनुभयो । फोटो ः कनकाई नगरपालिका क्षेत्र जहाँ मतगणना भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनदमक, जेठ ६ गते । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको…

कनकाई अनलाईनझापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा…

प्रतिकृयाहरू