कनकाई अनलाईन
कनकाई नगरपालिकाको मत गणना वार्ड नम्बर ९ र ८ नम्बर वार्डबाट सुरु गरिएको छ । राती अवेलाबाट सुरु भएको मतगणनाको ३ सय मतको नतिजा सार्वजनिक गरिसकिएको निर्वाचन अधिकृत दिपक कोइरालाले बताउँनुभयो ।
जसमा जम्मा ३ सय मत गन्दा सबैभन्दा वढी कांग्रेसका वागी स्वतन्त्र उम्मेद्धार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत ल्याउनुभएको छ । दोस्रोमा सुर्यको राजेन्द्रकुमार पोखरेलको ७७ र तेस्रोमा रुखको रुद्रप्रसाद चिमरियाको रुखको २८ मत खसेको छ यसैगरि हलोको ९ मत आएको छ । तराजुले समेत एक मत ल्याएर खाता खोलेको छ ।
यता उपमेयरमा कलमको १३ मत हलोको २० मत आएको छ भने सुर्यको ८५ मत आएको छ । यता वार्डअध्यक्षमा ८ नम्बरमा सुर्यको ६४ मत र रुखको ५० मत आएको छ भने ९ नम्बरमा वार्डअध्यक्षमा सुर्यको ५९ मत र रुखको ५३ मत खसेको छ । कनकाई नगरपालिकाको ९ नम्बर हुदै ८,७,६,५ नम्बरको क्रमश मतगणना गरिने निर्वाचन अधिकृत कोइरालाले बताउँनुभयो । कनकाईमा ७२ प्रतिशत भन्दा वढी मत खसेको छ । यो नतिजा शनिवार विहान साढे ५ बजेसम्मको हो ।